विमान चार्टर गरेर नेपाल घुम्न आए चिनियाँ पर्यटक
- चैत्र ३०, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली नयाँ वर्षको आगमन सँगै पर्यटकहरु नेपाल भ्रमणमा आउन थालेका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ ।
चिनियाँ पर्यटकहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ लगायतले खादा माला लगाइदिएर स्वागत गरे । पर्यटकहरुलाई नेपाली मौलिक बाजा पञ्चेबाजा बजाएर पनि स्वागत गरिएको छ ।
बिहिबार बिहान १८१ जना चिनियाँ पर्यटकहरु हिमालय एयरलाइन्सको विमान चार्टर गरेर नेपाल भ्रमणमा आएका हुन् ।
विभागका महानिर्देशक होम प्रसाद लुइँटेलले भने, ‘एकै लटमा यति धेरै पर्यटकहरु नेपाल आउनु हाम्रो लागि खुसीको कुरा हो, त्यसैले मन्त्रीज्यू, राजदूत र हामीहरु विमानस्थलमै पुगेर स्वागत गर्यौं ।’ ७०० चिनियाँ पयर्टकहरु नेपाल भ्रमणमा आउन लागेको र त्यही समूहको पहिलो लट आज आएको लुइँटेलको भनाइ छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments