बिचार गर्नुहोस् ?
सडकका किनाराहरुमा जथाभावि फोहोर मैला फ्याँक्नेहरुलाई महानगरले थाल्यो कार्वाही

- चैत्र ३०, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

रातीको समयमा सार्वजनिक स्थलहरुमा जथाभावी फोहोर फाल्नेहरु माथि काठमाडौं महानगरपालिकाले निगरानी बढाउन थालेको छ ।
रातीको समयमा सुनसान बेलामा प्लासटिको झोलामा फोहोर पोको पारेर सडकका किनाराहरुमा फोहोर फ्याँकेर दुर्गन्धित बनाउनेहरुलाई महानगरले हदै सम्मको कार्र्वाही पनि गर्नेछ ।
यसरी सार्वजनिक स्थानमा रातको समयमा फोहोर फाल्ने बढेपछि हरेक दिन रात्रिकालीन अनुगमन गर्न थालेको बताइएको छ । जथाभावी फोहोर फालेको भन्दै कामपाले गत साता जरिवानास्वरूप रु १५ हजार असुलेको छ । बुधबार राति वडा नं १४ को कुलेश्वर क्षेत्रमा बा४च ३३४ नम्बरको गाडीले बोरामा हालेको फोहोर फाल्दै गर्दा कामपाको रात्रिकालीन अनुगमन टोलीले पक्राउ गरी जरिवाना असुल गरेको हो ।
जरिवाना असुल गरी उक्त गाडीलाई फोहोर जथाभावी नफाल्ने सर्त राखेर रिहा गरेको कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । दुई हप्ताअघि पनि कामपाले तोकिएको स्थान भन्दा अन्यत्र फोहोर फाल्नेबाट कारबाहीस्वरूप रु १२ हजार जरिवाना असुल गरेको थियो ।
वातावरण विभागका अनुसार हरेक दिन बिहान फोहोरको व्यवस्थापन गर्नका लागि कामपाको फोहोर सङ्कलन गर्ने गाडी आउने गर्दछ । कामपाको आग्रहलाई नागरिकले बेवास्ता गरेको भन्दै पछिल्लो समय कामपाले नियमितरूपमा अनुगमन गरी जरिवाना तिराउन थालेको छ ।
फोहोरलाई तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्नका लागि कामपाले हरेक दिन बिहान माइकिङ गर्ने गरेको छ । “नागरिकले सडकमा यत्रतत्र फोहोर फाल्न थालेपछि कामपाले नफाल्नका लागि आग्रह गरी अटेर गर्नेलाई रु पाँच सयदेखि पाँच हजारसम्म जरिवानासमेत तिराउने गरेको छ”, प्रमुख श्रेष्ठले भने ।
कामपाले पछिल्लो समय सडक पेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम नियमित गरिरहेको छ । पैदलयात्री हिँड्ने सडकपेटीमा निर्माण सामग्री राखिएको भन्दै कामपाले पछिल्लो समय यस्ता सामग्री सम्बन्धित व्यक्तिलाई हटाउन आग्रह पनि गरिरहेको छ । कामपाको आग्रह अटेरी गरे अनुगमन गरी जरिवाना गर्ने गरेको छ ।

उपत्यकाको १८ स्थानीय तहको फोहोर अन्तिम व्यवस्थापनका लागि हरेक दिन दुई सय गाडी फोहोर बोकेर बञ्चरेडाँडामा जाने गर्दछन् । पुतलीसडक क्षेत्रमा इन्टरनेट सेवा प्रदायकले तार काटेर सार्वजनिक आवागमनमा बाधा गरेकाले दुर्घटनाको खतरा बढाएको भन्दै कामपाले अनधिकृत फोहोर उत्पादन गरेर सहरी व्यवस्थापनलाई बाधा नगर्न आग्रह गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर