राजनीतिक माहोल
पछिल्लो समय नेपालमा सांस्कृतिक जात्रा भन्दा राजनीतिक जात्रा ज्यादा हुन्थाले – कांग्रेस नेता गुरुराज

- चैत्र ३०, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

मानिस, संस्था या राष्ट्रलाई इतिहासले समय प्रदान गर्छ, मौका उपलब्ध गराउँछ र केही काल पर्खन्छ तर अनन्त कालसम्म होइन । नेपालको सन्दर्भमा शाहवंशले निकै लामो एकछत्र समय र मौका पाएको हो । तर प्राप्त समय र मौकालाई राजाहरूले सदुपयोग गर्न सकेनन् । उनीहरूमा नागरिकप्रति कर्तव्यबोध वा जिम्मेवारीबोध देखिएन ।
यसैगरी राजनीतिक दलहरूले उल्लेखनीय मौका पाएर पनि देशलाई उँभो लगाउन सकेनन् । तर यसको आत्म स्वीकारोक्ति पटक्कै देखिंदैन ।


पछिल्लो समय नेपालमा सांस्कृतिक जात्रा भन्दा राजनीतिक जात्रा ज्यादा हुन ccccका छन् । जात्रा शब्दले आफैंमा बहुआयामिक अर्थ बोकेको हुन्छ । यो सकारात्मक र नकारात्मक दुवै हुन्छ । सांस्कृतिक जात्राले धर्म, संस्कृति, परम्परा र पहिचानलाई प्रतिबिम्बित गर्छन् र राष्ट्रिय सम्पदाको जगेर्ना हुन्छ ।

यी विभिन्न थरी जात्रालाई उछिनेर हिजोआज देखिएका राजनीतिक जात्राले ऐतिहासिक कीर्तिमान कायम गरेको छ, जसले नेपालको राजनीतिक विकृतिलाई दर्शाउँछ । सांस्कृतिक जात्रा चित्ताकर्षक, मनमोहक र निकै सुरुचिपूर्ण हुन्छन् तर राजनीतिक जात्राहरू भने भद्दा र कुरूप हुँदा रहेछन् । त्यसैले बहुआयामिक अर्थको जात्रा र यस विषयमा विमर्श गर्नु सान्दर्भिक एवं उपयुक्त हुनेछ ।

राजनीति शब्द आफैंमा शक्तिशाली र समाज सञ्चालनको प्रमुख नीति एवं मार्गदर्शक सिद्धान्त हो, जसले आफ्ना नागरिकहरूको सुरक्षा र आवश्यकताको अवधारणालाई व्यवहारिक तथा कलात्मक रूप प्रदान गर्दछ । त्यस्तो राजनीति जसले आफूलाई निश्चित विधि मार्फत उचित व्यवहार प्रदर्शनबाट लोकप्रिय सिद्ध गर्दछ । यसका निम्ति जसले लोकसम्मतिको सहारा लिन्छ, त्यसैलाई लोकतान्त्रिक राजनीति भनिन्छ । तर नेपालको राजनीतिलाई यसका वास्तविक मर्म भन्दा टाढै राखियो । यहाँको राजनीति यति साह्रो बिग्रिएला र नेपाल यति धेरै ओह्रालो लाग्ला भन्ने कसैले अनुमान गरेकै थिएनन् ।
कसैले बुझेनन् या बुझ्न चाहेनन् कि ठूलो संघर्ष, स्वार्थरहित त्यागको भावना र बलिदानको जगमा निर्माण भएको नेपाल देश र समयक्रममा स्थापना गरिएको लोकतान्त्रिक पद्धति निस्फिक्री चल्ने संस्था र पद्धति होइनन् । यसका केही आधारभूत शर्त हुन्छन् । जसलाई निष्ठापूर्वक गरिने अभ्यासले मात्रै सार्थक तुल्याउँछ ।

राजनीतिक दलमा निर्णायक रहेका केही मानिसहरूलाई लागेको छ, ‘लोकतन्त्रलाई मनलाग्दी उपयोग गर्दा, चिथोर्दा र लुछ्दा पनि फरक पर्दैन । संविधानका व्यवस्थालाई यान्त्रिक अनुशरण गरेपुग्छ, आम नागरिकका भावनात्मक पक्षको ख्याल गर्नु पर्दैन । अर्थात् लोकतन्त्र निशर्त र अराजक प्रणाली हो ।’

यस्तो प्रवृत्तिले टाउको उठाएको वर्तमान परिप्रेक्ष्यमा लोकतान्त्रिक राजनीतिका केही पहलुहरू बारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । किनभने नेपाल अब यथास्थितिमा बस्न सक्दैन । यथास्थितिमा राख्न खोजे भयानक दुश्परिणामका लागि हामी सबै तयार रहनुपर्नेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर