कि काठमाडौँको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् – मेयर बालेन
- चैत्र ३०, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले काठमाडौँवासीको हितमा काम नगर्ने भए प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अन्यत्र सार्न संघीय सरकारलाई सुझाव दिएका छन् ।
आफ्नो कार्यमा संघीय सरकारले असहयोग गरेको भन्दै काठमाडौँ महानगरले सिंहदरबारसहितका स्थानको फोहोर उठाएको छैन । यसपछि बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगर मेयर शाहको अभिव्यक्ति गैरजिम्मेवार रहेको र आफ्नो जिम्मेवारी पूरा गर्न भनेको थियो ।
यसपछि बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले काठमाडौँवासीको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न भनेका हुन् । काठमाडौँवासीलाई राजनीतिक नचाहिएको भन्दै उनले काठमाडौँवासीलाई आफ्नो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिने बताए ।
काठमाडौँको हितमा काम गर्न र नगर्ने भए सिंहदरबार नै सार्न भन्दै शाहले फेसबुकमा लेखेका छन्, ‘कि काठमाडौँको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौँवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ , राजनीति हैन ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments