जमनसिंहको पेटमा मदिराको बोतल

- चैत्र ३०, २०७९ मा प्रकाशित


कासिन न्यूज,
धनगढी ।

धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोकामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यक्षले दिएको जानकारी अनुसार बिहीबार पेट दुखेपछि अस्पताल आएका रोकामगरको एक्सरे गर्ने क्रममा बोतल देखिएको हो ।
उनका अनुसार केही दिनअघि मदिरा सेवन गर्ने क्रममा साथीले मलद्वारबाट बोतल पेटमा घुसाइदिएको बताएका छन् । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि रौतहटका एक युवाको पेटमा पनि यस्तो बोतल भेटिएको थियो । चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका चिकित्सकले शल्यक्रिया गरी उनको पेटबाट बोतल निकालेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर