बैंक तथा वित्तीय संस्थाहरुले ट्यान्डिङ लिक्विडिटी फेसिलिटी (एसएलएफ) सुविधाको दुरुपयोग गरे – महालेखा परीक्षक
- चैत्र ३०, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
महालेखा परीक्षकको कार्यालयले बैंक तथा वित्तीय संस्थाहरुले ट्यान्डिङ लिक्विडिटी फेसिलिटी (एसएलएफ) सुविधाको दुरुपयोग गरेको भन्दै प्रश्न उठाएको छ । आर्थिक वर्ष २०७८÷७९ को ६० औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै तत्कालको तरलता समस्या सामाधान गर्न लिएको एसएलएफ सुविधा प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गरेको देखिएको बताएको छ ।
‘बैंक तथा वित्तीय संस्थाले तत्कालको तरलता समस्या सामाधान गर्न सुविधा लिइएको बताएपनि उक्त अवधिमा ऋण तथा लगानी वृद्धि भएको, बढी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गरेको देखिएकोले एसएलएफको सुविधा तरलता समस्या समाधानमा मात्र प्रयोग भएकोमा यकिन हुने अवस्था देखिंदैन’ महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ ।
बैंक तथा वित्तीय संस्थामा तरलता जोखिम व्यवस्थापन र सो सम्बन्धी आवश्यक व्यवस्था गर्न नेपाल राष्ट्र बैंकबाट आर्थिक वर्ष २०७८÷७९ मा ९१ खर्ब ७० अर्ब एसएलएफ सुविधा प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ । ४ हजार ९०८ पटकमा उक्त तरलता प्रदान गरेको केन्द्रीय बैंकले जनाएको छ।
यस्तै २०७६÷७७ मा ८३ पटकमा १ खर्ब ३ अर्ब, २०७७÷७८ मा १६७ पटकमा ३ खर्ब ६१ अर्ब एसएलएफ सुविधा बैंकहरुलाई उपलब्ध गराएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments