माओवादी केन्द्रका नेता वर्षामानको आमा बसेको घरमा गोली चल्यो – गोली चलाउने ब्यक्ति पुनको नातेदार

- बैशाख २, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । गोली चलाउने ब्यक्ति कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका व्यक्ति भएको पुष्टि भएको छ । शुक्रबार राति साढे ९ बजे नेता पुनको दाइको घरमा गोली चल्दा ७० वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी थिइन् ।

उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । राति १ बजे सूचना प्राप्त भएलगत्तै प्रहरीले गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएको छ । उनलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा राखेर सोधपुछ भइरहेको छ ।
स्रोतका अनुसार उनी नेता पुनका नातेदारसमेत हुन् ।

रोल्पामा उनीहरु छिमेकी समेत भएको पुन निकट स्रोतले जनाएको छ । उनी हाल कामु प्रधानन्यायाधीशको अगुवा गाडीमा बस्ने अधिकृत हुन् ।
गोली चलाउने प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएको छ । उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ नेता पुन भने उपचारका लागि चीनमा छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर