शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन
- बैशाख २, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको सय वर्षको उमेरमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार किस्ट अस्पतालमा उपचारका क्रममा क्रममा बिहान सवा पाँच बजे राधादेवीको निधन भएको हो ।
केही दिनअघि राधादेवीलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई श्वासप्रश्वासमा समस्या थियो । सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भइसकेको छ ।
नइ प्रकाशनका संस्थापक नरेन्द्रराज प्रसाईंका अनुसार वाङ्मय शताब्दी पुरूष डा.सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले २०७७ साल माघ ३० गते नइ प्रकाशनद्वारा आयोजित ‘शरीर दान घोषणा सभा’मार्फत चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आ–आफ्नो शरीर दानको घोषणा गरेका थिए । सोही घोषणाअनुसार सत्यमोहनको पार्थिव शरीर किस्ट अस्पतालमै राखिएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments