दाहाल, नेपाल र देउवा बिच भेटवार्ता जारी
- बैशाख २, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता जारी छ।
तीन शीर्ष नेताबीच वैशाख १० गते हुने उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
वैशाख १० मा तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ। सत्ता गठबन्धनबाट कांग्रेसतर्फ तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन २ मा जीतनारायण श्रेष्ठ तथा बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्। यसपटकको उपनिर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले आफ्नो उम्मेदवार उठाएका छैनन्।
उनीहरूविरूद्ध रास्वपाले तनहुँ १ मा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, चितवनमा रवि लामिछाने र बारा २ मा पूर्वडीआइजी रमेश खरेललाई उम्मेदवार बनाएका छन्। यस्तै नेकपा एमालेले तनहुँमा पूर्वआईजीपी सर्वेन्द्र खनाल, चितवनमा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने र बारामा पुरूषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments