माओवादी केन्द्र
प्रधानमन्त्री, मन्त्री, सल्लाहकार र विज्ञहरूलाई पार्टी कार्यालयमा अनिवार्य जानुपर्ने कार्यतालिका बन्यो
- बैशाख २, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाले बालुवाटारमै पार्टी बैठक भेला छलफल गरेर आलोचना खेपेपछि नेकपा माओवादी केन्द्रले भने प्रधानमन्त्री, मन्त्री, सल्लाहकार र विज्ञहरूलाई पार्टी कार्यालयमा अनिवार्य जानुपर्ने कार्यतालिका बनाएको छ ।
प्रधानमन्त्रीसमेत रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादीका मन्त्रीहरूले बैशाख १ गतेदेखि पार्टीका नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्ने कार्यतालिका बनेको छ ।
२०८० साल वैशाख १ गतेदेखि प्रधानमन्त्री र माओवादीका मन्त्रीहरूले कार्यकर्तासँग पार्टी कार्यालयमा छलफल गर्नेछन् । त्यसका लागि साँझ ४ बजेदेखि ६ बजेसम्मको समय छुट्याइएको छ ।
कार्यकर्ताले प्रधानमन्त्री र मन्त्रीलाई सजिलै भेट्न पाउन् भनेर पार्टी कार्यालयमै भेट्ने व्यवस्था गरिएको माओवादीले जनाएको छ ।
माओवादीले बारअनुसारको कार्यतालिका बनाएको छ । तर माओवादीले कार्यतालिका बनाएको यो पहिलो पटक भने होइन् । यसअघि पनि कार्यतालिका बनेको थियो तर कार्यन्वयन आउन सकेको थिएन ।
कुन बार कुन मन्त्रीको पालो ?
माओवादीबाट सरकारमा पाँच मन्त्री सहभागी छन् । जसअनुसार हरेक हप्ताको आइतबार दिउँसो ४ बजेदेखि ६ बजेसम्म ऊर्जा मन्त्रीले पार्टी कार्यालय पेरिसडाँडामा नेता कार्यकर्तासँग भेटघाट गर्नुपर्नेछ । माओवादीबाट ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत छन् ।
त्यसैगरी सोमबार पर्यटन मन्त्रीले दुई घण्टा पार्टी कार्यालय पेरिसडाँडामा नेता कार्यकर्तासँग भेटघाट गर्नुपर्नेछ । माओवादीबाट पर्यटनमन्त्री सुदन किराती छन् । त्यसैगरी मंगलबार सञ्चारमन्त्रीले दुई घण्टा पार्टी कार्यालय पेरिसडाँडामा नेता कार्यकर्तासँग भेटघाट गर्नेछिन् । माओवादीबाट सञ्चारमन्त्री रेखा शर्मा छिन् ।
बुधबार सामान्य प्रशासन मन्त्री पालो बनाइएको छ । माओवादीबाट सामान्य प्रशासन मन्त्री अमनलाल मोदी छन् । उनले हरेक बुधबार पार्टी कार्यालय पेरिसडाँडामा नेता कार्यकर्तासँग भेटघाट गर्नुपर्नेछ ।
त्यसैगरी हरेक बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा नेता कार्यकर्तासँग भेटघाट गर्ने पालो गृहमन्त्रीको छ । माओवादीबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठ छन् । उनले हरेक बिहीबार दुई घण्टा पार्टी कार्यालयमा नेता कार्यकर्तासँग छलफल गर्नेछन् ।
त्यस्तै शुक्रबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी कार्यालय पेरिसडाँडा जानुपर्ने कार्यतालिका बनाइएको छ । प्रधानमन्त्री प्रचण्डले पनि मन्त्रीहरू जसरी नै नेता कार्यकर्ताहरूसँग छलफल गर्नेछन् ।
शनिबार भने सल्लाहकार तथा विज्ञहरु पार्टी कार्यालय जानुपर्ने कार्यतालिका छ । त्यस्तै प्रधानमन्त्री प्रचण्डले शनिबार २ घण्टा आफ्ना टिमसँग छलफल गर्नेछन् ।
त्यसैगरी महिनाको अन्तिम शनिबार प्रधानमन्त्री प्रचण्डले एउटा प्रदेशका नेता÷कार्यकर्ताहरूसँग अर्न्तक्रिया गर्ने र सँगै खाना खाने कार्यतालिका छ । उक्त कार्यतालिकाअनुसार अर्न्तक्रियामा सहिद तथा बेपत्ता परिवार, जनमुक्ति सेना र घाइते तथा अपाङ्गलाई छुटाउन नपाइने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले प्रत्येक शनिबार केन्द्र र प्रदेशका एक÷एक जनालाई फोन गरेर त्यस ठाउँको विकास निर्माण र जनताको जनजिविकोबारे बुझ्नेछन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments