परराष्ट्रमन्त्रीमा एनपी साउद – प्रधानमन्त्री दाहालले निकट भविष्यमा गर्न लागेको भारत भ्रमण लक्षित मन्त्रीमण्डल

- बैशाख ३, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली कांग्रेसका नेता एनपी साउदले परराष्ट्र मन्त्रीको रुपमा शपथ ग्रहण गर्ने निश्चित भएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नयाँ मन्त्रीहरुको शपथ अपराह्न तीन बजे तोकिएको छ ।
अन्य मन्त्रीहरुको भने टुंगो लागेको छैन । प्रधानमन्त्री दाहालको सचिवालयका एक सदस्यले भने, ‘अहिलेसम्म एनपी साउदको मात्र टुंगो लागेको छ, अन्य मन्त्रीको शपथ हुने नहुने टुंगो छैन ।’
गत पुस १० गते प्रधानमन्त्री बनेका दाहालले १७ चैतमा सातौं पटक मन्त्रिपरिषद विस्तार गरेका थिए । त्यतिबेला ५ वटा मन्त्रालय प्रधानमन्त्री दाहाल आफैं सम्हालेका थिए ।
साउद परराष्ट्रमन्त्री बनेपछि पनि सरकार अझै अपुरो हुनेछ । प्रधानमन्त्री दाहालसँग अझै चार मन्त्रालय बाँकी रहनेछन् ।
प्रधानमन्त्री दाहालले निकट भविष्यमा गर्न लागेको भारत भ्रमणलाई लक्षित गरी परराष्ट्रमन्त्री नियुक्त गर्न लागिए पनि मन्त्रिपरिषदलाई पूर्णता भने यही वैशाख १० गते हुने उपनिर्वाचन पछि दिने तयारी प्रधानमन्त्री दाहालको छ । तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदैछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर