सशस्त्र प्रहरीको गोताखोरले उद्धार गरे पनि बालिकालाई बचाउन सकिएन

- बैशाख ३, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सशस्त्र प्रहरीको गोताखोरले शनिबार दिउँसो करिब २०० मिटरको गहिराइबाट बालिकालाई निकालेको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका–१५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा भासिएको प्वालमा खसेकी बालिकालाई सशस्त्र प्रहरीले निकालेको हो ।
पोखरा महानगरपालिका– ८ नागढुंगा की १२ वर्षीया स्मृति पराजुली खेल्ने क्रमममा प्वालमा खसेकी थिइन् । जानकारी पाएलगलै पुगेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण कास्कीको टोलीले उनलाई निकालेको हो ।
उद्धार गरी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पनि डाक्टरले बालिकालाई मृत घोषित गरेका थिए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर