लागूऔषध कारोबार बढ्यो – विभिन्न मुद्दामा १ सय ७१ जना पक्राउ

- बैशाख ३, २०८० मा प्रकाशित


कासिन न्यूज,
कैलाली ।

माघ, फागुन र चैत्र महिनामा लागूऔषधका १ सय १० मुद्दामा २१ जना महिला र १ सय ५० पुरुष गरि १ सय ७१ जनालाई पक्राउ गरि मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीले चालू आर्थिक वर्षको तीन महिनामा लागूऔषधका विभिन्न मुद्दामा १ सय ७१ जना पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकाहरूबाट खैरो हेरोइन ३ सय १४ ग्राम ३ सय ७० मिलिग्राम, नाइट्राभेट ५९ ट्याब्लेट, चरेस २६ किलो ४७ ग्राम ९सय २० मिलिग्राम, स्पास्मो १सय २१ क्याप्सुल र ब्रुनुफ्रीन ७ ट्याब्लेट बरामद गरिएको डिएसपी चन्दले बताए ।

त्यस्तै सोही अवधिमा भन्सार छलेर चोरी निकासी पैठारीमा संलग्न २७ सवारीसाधन र २० जना मानिस पक्राउ गरि मुद्दा चलाई ८१ लाख १३ हजार ४६ रुपैयाँ राजश्वसमेत उठाएको डिएसपी चन्दले बताए ।

यसैगरी सवारीसाधन नियम विपरित चलाई ट्राफिक नियम उलंघन गर्ने विभिन्न सवारीसाधनबाट ७१ लाख ७२ हजार ५ सय जरिवाना असुलउपर गरिएको डिएसपी चन्दले बताए ।
प्रहरीले सोही अवधिमा अदालतबाट विभिन्न मुद्दामा फैसला भइ फरार रहेका ५६ जनालाई समेत पक्राउ गरि जिल्ला अदालतमा बुझाएको डिएसपी चन्दले बताए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर