राजकुमारी शेखा अस्मा अल थानीले गरिन ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण
- बैशाख ३, २०८० मा प्रकाशित
कासिन न्यूज,
म्याग्दी ।
कतारकी राजकुमारी शेखा अस्मा अल थानीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गरेकी छन्।
राजकुमारी अलथानी प्रख्यात पर्वतारोही निर्मल (निम्स) पुर्जासँगै अन्नपूर्णको चुचुरोमा शनिबार बेलुकी ४ बजे पुगेकी हुन्।विभिन्न तालिम सहित प्रशिक्षणपछि कतारी राजकुमारीले आरोहण गरेको एलिट एक्सपिडिसनका निर्देशक मिङ्मा डेभिड शेर्पाले जानकारी दिए।
राजकुमारी अलथानी पर्वतारोहणको क्षेत्रमा विश्व रेकर्ड कायम गरेका निर्मल पूर्जाको जन्मगाउँ अन्नपूर्ण–३ दानामा समेत भब्य स्वागत गरिएको थियो। एक महिना अगाडी दानामा आएकी राजकुमारी अलथानीले आरोहणका लागि आवश्यक पर्ने सम्पूर्ण तालिम सम्पन्न गरेपछि आरोहणमा सहभागी भएकी थिईन्। उनी अन्नपूर्ण हिमालको आरोहण गर्ने पहिलो कतारी महिला बनेकी छन्।
राजकुमारी अलथानीले विश्वको सर्वोच्च शिखर सगरमाथा, पाकिस्तान र चीनको सिमानामा अवस्थित ८ हजार ६ सय ११ मिटर अग्लो के–टु’र ल्होत्से आरोहण गर्ने पहिलो कतारी महिलाका साथै अरवी देशबाट कञ्चनजङ्घा र मनास्लुको शिखरमा पुग्ने पहिलो महिला भएको एलिट एक्सपिडिसनले जनाएको छ।
उनले विश्वका १४ हजार मिटर अग्ला चुुचराहरु पुरा गर्ने लक्ष्य सहित आरोहणमा सहभागी छन्। अहिलेसम्म ८ हजार मिटर भन्दा माथिका १४ मध्ये ७ चुचुरो पार गरिसकेकी छिन्। १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ भने अरू पाकिस्तान र चीनमा छन्। यो सिजनमा एलिट एक्सपिडिसनबाट अमेरिकाकी अन्ना गुटु र फ्रान्सकी अलास्डेयर स्कट म्याकेन्जीले अन्नपूर्ण आरोहण गरिन्।
म्याग्दीमा ८ हजार मिटर माथिका धौलागिरी र अन्नपूर्ण हिमाल पर्छ। फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुई म्याकेननले ७० बर्ष पहिले अन्नपूर्ण चुचुरोमा पहिलो पाइला टेकेका थिए। उनीहरूले सन् १९५० को जुन ३ अर्थात् २००७ जेठ २१ गते अन्नपूर्णको सफल आरोहण गरेका थिए। पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ) निर्मल पूर्जासँग आरोहणलाई विदेशीले सुरक्षित महसुस गर्ने गरेका छन्।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments