सम्पादकीय
कहिले मेटिन्छ राजनीतिकर्मीमा लागेको भष्ट्राचारको दाग ?
- बैशाख ३, २०८० मा प्रकाशित
३, बैसाख ।
- रास्वपा सांसद डा. ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाई बिच भएको २ करोड रुपैँयाको संवादको टेप ।
- माओवादी नेता कृष्णबहादुर महराले कुनै चिनियाँ व्यापारीसँग सरकार ढाल्ने र नयाँ सत्ता समीकरण बनाउने प्रयोजनका लागि सांसद किन्न प्रतिसांसद १ करोड मागेको टेप ।
- अर्को–तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारले खरिद गर्न लागेको सेक्युरिटी प्रेसमा ७० करोड कसिमन डिल गरेको अडियो ।
राजनीतिक रुपमा अहिले देशले कुन वेगको प्रयोग गरिरहेको छ । भन्ने कुराको स्पष्ट चित्रण माथि दिइएका उदाहरणहरुले पनि प्रष्ट्याउँछ । राजनीतिक उर्पाजनको लागि गरिने यस्ता तल्लो स्तरका भष्ट्राचार मुखी कार्यले कति हदसम्म पार गर्छ । त्यो आफैमा एउटा सोचनिय विषय पनि हो ।
राजनीतिको नाममा विभिन्न दर्जाका खोल ओढेर पहिले देखी बसेकाहरुलाई त यसबारेमा राम्रै थाहा थियो । तर अहिले नवआगन्तुक राजनीतिककर्मीहरुलाई पनि राजनीति गर्नु भनेको आर्थिक उर्पाजनको एउटा राम्रो बाटो हो भन्ने प्रष्ट भएको छ ।
कहि कतै कुनै राजनीतिक दलको फेरो नसमाई एक्कासी राष्ट्रिय स्वतन्त्र पार्टीको मुखुटो ओढेर आएका ढाकाकुमार देखी विभिन्न संचारमाध्यम चार्दै राजनीतिक पार्टीको दरबार धाएर नेता भएकाहरुले यति सम्म बुझेनन कि राजनीति भनेको जन सुधार देश सुधारको एउटा आयाम हो । न यो कुनै आर्थिक उर्पाजन गर्ने भाँडो हो । तर नयाँ र पुराना राजनीतिककर्मीले राजनीतिलार्ई आर्थिक उर्पाजनको ठूलो साधनको रुपमा प्रयोग गरिने प्रबृतिको बिकास नेपालमा गराउन थाले । जसको बिकास हुन थालेको सायद तिन चार दशक भै सक्यो होला ।
तर भष्ट्राचारमा झन आधुनिकता झल्किदै छ । झन नयाँ नयाँ तरिकाका भष्ट्राचारका अध्यायहरु सुरु हुन् थालेका छन् । नेपालका राजनीतिका पुराना जोगीहरुको त कुरा छोडौँ नयाँ जोगी पनि भष्ट्राचारको भूमरीमा फस्दै जान थालेका छन् ।
स्मरणीय कुरा के छ भने राजनीतिक भ्रष्टाचार हुन ‘रकम लेनदेन’ भयो–भएन भन्दा पनि राजनीतिक पात्र र वृत्तको सोच, चरित्र र प्रवृत्ति कतातिर उदत्त छ भन्ने प्रमुख हुन्छ । यस्ता अडियो त एकाध सार्वजनिक हुने हुन् । भित्रभित्रै कस्ता र कति चलखेल हुन्छन् भन्ने संकेत गर्ने हुन् ।यसको अर्थ यो हैन कि ती सबै ‘नैतिकवान मान्छे’ हुन् । फेरि तिनै मान्छे भ्रष्टाचार गर्न सक्ने वृत्तभित्र पुगे भने भ्रष्टाचारी हुन सक्दछन् ।
अर्थात् भ्रष्टाचार कुनै व्यक्तिको व्यक्तिगत अनैतिकता वा सदाचारको विषय मात्र हैन । व्यक्तिका गुणहरू प्राकृतिक हिसाबले उस्तै–उस्तै हुन्छन् । कुन मान्छेले कस्तो अवस्थामा कति नैतिक र सदाचारी जीवनको अभ्यास गर्न सक्दछ, त्यसको भिन्नै कारण र परिवेश हुन्छ ।
नेपाली समाजमा लामो कालखण्डदेखि चाकरी, चाप्लुसी, नजराना, कोसेलीपात र उपहारका नाममा भइरहेको लेनदेनलाई राजनीतिले परिवर्तन गर्न सक्नुपर्थ्यो। तर, राजनीतिक नेतृत्व आफैं नैतिक र इमानदार नहुँदा समाजमा विद्यमान गलत अभ्यास र प्रवृत्तिले राजनीतिलाई नै आफू अनुकूल उपयोग गरिरहेका छन्।
समाजका सदस्यहरूले राजनीतिमा लागेर इमान र निष्ठाका साथ काम गरिरहेकाहरूलाई भन्दा धेरै पैसा भएको, चुनावमा ठूलो रकम खर्च गर्न सक्ने, कार्यकर्तालाई नगद बाँड्न सक्नेलाई सम्मानित र शक्तिशाली मान्ने गरेका छन्। समाजमा आदर्शभन्दा पैसालाई महत्त्व दिने प्रवृत्ति बढ्दै जाँदा राजनीति भ्रष्ट र बेइमानहरूको कब्जामा पुगेको छ। जसले भ्रष्टाचारको पारो तीव्र गतिमा बढाएको छ। यो स्थितिमा राजनीतिले समाजलाई इमान र नैतिकताको बाटोमा हिंडाउन नेतृत्व लिने अपेक्षा राख्नु नै असान्दर्भिक बनेको छ।
राजनीतिक चरित्रकर्मीहरुलाई अडियो र भिडियो खासै प्रभाव पार्न सक्दैन । किनकी राजनीति गर्नेले यस्तो अडियो र भिडियोको प्रभावलाई सजिलै क्यास गर्न सक्ने ताकत राख्छ । किन कि अहिले जन बेवकुफ छ । जसले जे गरे पनि त्यसलाई पचाएर राख्ने ठूलो ताकत जनमा छ । त्यही जनको ताकत नै राजनीतिक कर्मीहरुको लागि भष्ट्राचार गर्ने र कमाउने ठूलो बाटो भएको छ । त्यही जनको फाइदा अहिले राजनीतिककर्मीहरुले लिइरहेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments