प्रधानमन्त्री दाहाल गएनन बालकोट बैठकमा
- बैशाख ३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आइतबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटमा बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयं अनुपस्थित भएका हुन्। बैठक प्रधानमन्त्री दाहालले नै बोलाएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले जानकारी दिए।
बिहान ९ बजे प्रमुख प्रतिपक्षी दलको नेतासमेत रहेका अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितको शीर्ष नेताहरूको बैठक बस्ने तय भएको थियो। तर, बैठकका लागि भनेर सभामुखसहित एमाले नेताहरू सबैजना समयमै बालकोट पुगिसकेका थिए। तर, प्रधानमन्त्री प्रचण्डले ९ः२० तिर आज बैठक बस्न नसक्ने जानकारी गराएको बर्तौंलाले जानकारी दिए।
बैठकमा प्रचण्ड र देउवा अनुपस्थित रहेको उनले बताए। सचेतक बर्तौंलाले संसदमा विचाराधीन विधेयक, संयुक्त समिति निर्माणलगायत विषयमा शीर्ष नेताहरूबीच छलफल गर्ने कार्यक्रम थियो।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments