नेपालमा अझै ११ महिनालाई पुग्ने विदेशी मुद्रा रहेको छ – कांग्रेस नेता कोइराला
- बैशाख ३, २०८० मा प्रकाशित
कासिन न्यूज,
विराटनगर ।
श्रीलंका र पाकिस्तानसित नेपालको तुलना गर्न नहुने उल्लेख गर्दै नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आर्थिक अवस्था सुधार्न सकिने बताएका छन् । उनले नेपालमा अझै ११ महिनालाई पुग्ने विदेशी मुद्रा रहेको बताउँदै आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गरे।
उनले भने, ‘तर अर्थतन्त्रमा सुधार गर्नु जरुरी छ।‘ कोइरालाले चुनावमा भएका तिक्तता बिर्सिएर संगठन निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।
कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुने बताउँदै कोइरालाले कांग्रेसलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिए। मुलुक विस्तारै अराजकतातर्फ अगाडि बढिरहेको बताउँदै उनले देशका आर्थिक, राजनीतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको उल्लेख गरे। अहिले मुलुक अप्ठ्यारो स्थितिमा नरहेको बताउँदै उनले भने, ‘देशको आर्थिक मात्रै होइन राजनीतिक, धार्मिक र सांस्कृतिकलगायत कुनै पनि क्षेत्र सही तरिकाले हिँड्न सकेको छैन।’
यस्तै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता विजयकुमार गच्छदारले सात दशकभन्दा लामो इतिहास बोकेको कांग्रेस संसदीय लोकतन्त्रलाई बलियो बनाउन अझै जिम्मेवार भएर लाग्नुपर्ने बताए। उनले कांग्रेस ढुक्क भएर बस्ने अवस्था अझै नआएको बताउँदै अझै पनि संसदीय लोकतन्त्रको रक्षाका लागि कांग्रेस सक्रिय हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा कोशी प्रदेशसभा सदस्यसमेत रहेका केन्द्रीय सदस्य अमृत अर्यालले कांग्रेससहितका पार्टीले आफ्नो विचार र कार्यशैलीमा परिवर्तन गर्नु आवश्यक रहेको औंल्याए। उनले आगामी उपनिर्वाचनमा मूलधारका पार्टी पराजित भए देशको राजनीति कसरी अगाडि बढ्छ भन्ने प्रश्न उब्जिने उल्लेख गरे।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments