ठट्टा स्थल बन्दै प्रतिनिधिसभा
प्रधानमन्त्री दाहाललाई फेला पार्ने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला – एमाले सांसद रघुजी
- बैशाख ३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएकाले संसद् बैठकमा नदेखिएकोले खोजी गरी बुझाउन अपिल गरेका छन्।
‘नागरिकताको नाम श्री पुष्पकमल दाहाल, चलनचल्तीको नाम प्रचण्ड, स्थायी ठेगानाः फेरि राख्ने, अस्थायी ठेगाना कहिले खुमलटार कहिले बालाुवाटार, हुलिया, पहिले कोट पाइन्ट लगाए पनि हाल कोट पाइन्ट पनि लगाउने। उमेर ६५ नाघेको, ७० नपुगेको जस्तो देखिने ।
केही दिन अगाडि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउन छोडेकाले उहाँलाई फेला पार्ने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला। उहाँ अन्तिमपटक देखिएको स्थान बालुवाटार छेउछाउ,’ उनले भने।
सांसद पन्तलाई जवाफ दिंदै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सांसद पन्तलाई दिउँसो ३ बजे मन्त्रीको शपथग्रहणमा प्रधानमन्त्री भेटिने भएकाले जान आग्रह गरे।
‘भर्खरै प्रधानमन्त्री हराएको सूचना सुन्न पाइयो। ३ बजे शपथग्रहण हुने भनेको छु। सूचना गर्नै माननीयज्यूलाई त्यहाँ उपस्थित हुन अनुरोध छ। दौरा सुरुवालमा जानुहोला,’ उनले भने।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments