सडक विस्तारको विषयलाई लिएर विवाद हुँदा रामईश्वर पक्षले अन्धाधुन्ध गोली प्रहार गर्दा एकको मृत्यु
- बैशाख ३, २०८० मा प्रकाशित
कासिन न्यूज,
रौतहट ।
सडक जग्गाको विषयलाई लिएर शनिवार रौतहटको गढीमाई नगरपालिका–८ धोबिनियाँमा गोली चल्दा एकजनाको मृत्यु भएको छ । भने प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार धोबिनियाँमा शनिबार दिउँसो रामईश्वर राय यादव र राजकुमार राय यादव पक्षबीच सडक विस्तारको विषयलाई लिएर विवाद हुँदा रामईश्वर पक्षले अन्धाधुन्ध गोली प्रहार गर्दा ५० वर्षीय राजकुमार यादवको मृत्यु भयो भने ४ जना घाइते भए।
घटनापश्चात् उक्त गाउँमा व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरेर गोली चलाउने व्यक्तिको खोजी तलासीको क्रममा १६ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिए।
प्रहरीले खानतलासीका क्रममा एउटा १२ बोरको दुईनाले बन्दुक बरामद गरेको छ। घटनामा संलग्न भएको आशंकामा स्थानीय रामसेवक राय, लालबाबु यादव, दिनेश यादव, मिथिलेश यादव, विनेश यादव, बच्चा गिरी, श्याम यादव, प्रदीप यादव, उमेश यादव लगायतका १६ जनालाई हिरासतमा लिएर अनुसन्धान कार्य भइरहेको र उक्त घटनामा निरञ्जन राय यादव, प्रताप यादव सहित ४ जना घाइतेको उपचार गरुडास्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको उनले बताए।
घटनापछि संलग्न अधिकांश व्यक्ति अहिले गाउँ छोडेको बताइएको छ। धोबिनियाँ गाउँमा डरत्रासको माहोल छाएको छ।
मृतक यादवको शव नारायणी अस्पतालमा पोष्टमार्टम भइरहेको भए पनि दोषीलाई नसमातेसम्म परिवारले शव बुझ्न मानेको छैनन्। उनको शव नारायणी अस्पतालमै राखिएको छ।
धोबिनिया गाउँको साँघुरो बाटोलाई गढीमाई नगरपालिकाले फराकिलो बनाउने क्रममा स्थानीयबीच विवाद हुँदा घटना भएको प्रहरीको भनाइ छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments