प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारीलाई तिब्रता साथ अघि बढाउने – नवनियुक्त परराष्ट्रमन्त्री साउद
- बैशाख ३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारीमा तिब्रता दिने बताएका छन् ।
आइतबार सिंहदरबारस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै उनले सो कामलाई अघि बढाइहाल्ने बताएका हुन् । प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री साउदले मन्त्रालयका सचिवलगायत त्यसको तयारीमा रहेका टिमहरूसँग ब्रिफिङ लिएर सो कामलाई अघि बढाउने उल्लेख गरे ।
मन्त्री साउदले आफूले नेपाललाई विश्वभर नै शान्तिप्रिय र लोकतान्त्रिक देशका रूपमा चिनाउन पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
छिमेकीसहितका देशहरूसँगको नेपालको सम्बन्ध सौहार्दपूर्ण, शान्तिपूर्ण र सुमधुर सम्बन्ध रही आएको उल्लेख गर्दै त्यसलाई अझै घनिष्ट बनाउँदै लैजाने पनि बताए ।
सो अवसरमा मन्त्रालयका सचिव भरतराज पौड्यालसहित उच्च पदस्थ कर्मचारीहरूले मन्त्री साउदको स्वागत गरेका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments