ट्रकको ठक्करले २ को मृत्यु
- बैशाख ४, २०८० मा प्रकाशित
कासिन न्यूज,
तुलसीपुर ।
तुलसीपुर–घोराही सडक खण्ड अन्तरगत सोमबार बिहान साढे ११ बजेतिर घोराहीबाट–तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका वडा नं. १० स्थित खैरा चोकमा ठक्कर दिएको थियो। मोटरसाइकलमा सवार दुई जनाको ट्रकको ठक्करबाट मृत्यु भएको छ।
दुर्घटनाका घाइतेमध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको र अर्का घाइतेलाई घोराहीस्थित राप्ती विज्ञान प्रतिष्ठान पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको डिएसपी गौतमले बताए।
स्थानीयका अनुसार मोटरसाइकल गाउँबाट खैराचोकमा आउँदै थियो भने ट्रक नारायणपुरबाट तुलसीपुरतर्फ जाँदै थियो। दुबै सवारी तीव्र गतिमा भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले दुबै मृतकको सनाखत हुन बाँकी रहेको बताए।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments