टण्डनको मस्त जवानीमा फिदा भएका पाकिस्तानका पूर्व प्रधानमन्त्री सरीफलाई बम उपहार

- बैशाख ४, २०८० मा प्रकाशित


कासिन न्यूज
काठमाडौं ।

भारत र पाकिस्तानको बिच युद्ध भइरहँदा त्यसबेला भारतीय बम निकै चर्चित बनेका थिए । किनकी ती बममा अभिनेत्री रविना टण्डनको नाम लेखिएको थियो । बलिउड अभिनेत्री रविना टण्डनको जिन्दगीको एउटा रोचक किस्सा बलिउडमा अहिले पनि सुनिन्छ । यो किस्सा कारगिल युद्धको हो ।
९० को दशकमा रविना बलिउडकी लोकप्रिय अभिनेत्री थिइन् । उनको सुन्दरताबाट पाकिस्तानी तत्कालीन प्रधानमन्त्री नवाज शरीफ पनि फिदा थिए । उनले सार्वजनिक रूपमा नै रविनाको सुन्दरताको बयान गर्थे । एक अन्तरवार्तामा त उनले रविना आफूलाई मनपर्ने अभिनेत्री रहेको नै बताएका थिए ।
सन् १९९९ मा जब कारगिल युद्ध सुरु भयो, त्यो बेला पाकिस्तानका प्रधानमन्त्री शरीफ आफ्नो नीति अनुसार भारतलाई निशाना बनाइरहेका थिए । त्यही बेला भारतीय सेनाले नवाजलाई आफ्नै शैलीमा जवाफ दिए । उनीहरूले आफ्नो बम र मिसाइलमा रविनाको नाम लेखेर ‘रविना टण्डनको तर्फबाट नवाज शरीफलाई उपहार’भन्दै बम पठाएका थिए । त्यो तस्बिर उसबेला निकै भाइरल भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर