सिंहदरबार भित्रको फोहोर उठाउन माग गर्दै सर्वोच्चमा रिट

- बैशाख ४, २०८० मा प्रकाशित


कासिन न्यूज ,

काठमाडौं ।

काठमाडौं माहानगर पालिकाका मेयर बालेन शाहको निर्देशनपछि सिंहदरबार भित्रको फोहोर नउठाएपछि महानगरपालिका विरुद्ध सर्वोच्च अदालतका रिट दायर भएको छ ।
सोमबार अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरलाई फोहोर उठाउन आदेश दिन माग गर्दै रिट दायर गरेका हुन् ।
फोहोरका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेकाले महानगरले तत्काल फोहोर उठाउनुपर्ने माग गरिएको छ ।
मेयर शाहको निर्देशनपछि चैत २५ गतेदेखि सिंहदरबारको फोहोर उठ्न सकेको छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर