भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो, १४ जनाको अवस्था गम्भीर
- बैशाख ५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।
त्यसैगरी १४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेकोले सङ्ख्या बढ्न सक्ने सम्भावना रहेको अधिकारीहरूले जनाएका छन् । विहारको राजधानी पटनाबाट एक सय ५१ किलोमिटर उत्तरमा रहेको पूर्वी चम्पारण ९मोतिहारी० जिल्लामा शनिबार सो घटना घटेको हो ।
मोतिहारीका वरिष्ठ प्रहरी अधिकारी कन्तेशकुमार मिश्रले दिएको जानकारीअनुसार पाँच स्टेशन हाउस अफिसर र विभिन्न प्रहरी थानाका नौ गाउँ हेरालु र वार्ड कर्मचारीहरू निलम्बन गरिएको छ । प्रहरीले छापा मार्ने क्रममा हालसम्म एक सय आठ जनालाई पक्राउ गरेको छ भने छ हजार लिटरभन्दा बढी मदिरा बरामद गरेको छ ।
यसैबीच विहारका मुख्यमन्त्री नितिश कुमारले सोमबार पीडित परिवारलाई चार हजार आठ ८१ अमेरिकी डलर क्षतिपूर्ति दिने घोषणा गरेका छन् । विषाक्त मदिराको सेवनबाट भारतमा प्रायः यस्ता घटना हुने गरेको पाइन्छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments