काठमाडौंका मेयर शाहविरुद्ध परेको रिटको सुनवाई हुँदै

- बैशाख ५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
काठमाडौं महानगरपालिका मेयर बालेन शाहविरुद्धको रिटमा मंगलबार सुनुवाइ हुनेछ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा मंगलबार सुनवाई हुन लागेको हो ।

अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र बिसर्जन गर्नु पर्नेलगायतका मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमा मंगलबार सुनवाई हुन लागेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर