प्रतिनिधिसभा बैठक बस्दै, सूचना आयोगको प्रतिवेदन पेश गरिने तयारी

- बैशाख ५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं
संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक मंगलबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यसैगरी, प्रधानमन्त्री प्रचण्डले नै आज राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग ९तेस्रो संशोधन० विधेयक, २०७७ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर