मिटरब्याजी पीडित भन्छन्- गृहमन्त्री नारायणकाजी राजीनामा देउ

- बैशाख ५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सरकारसँग वार्ता नमिलेपछि पुनः आन्दोलनमा उत्रेका मिटरब्याजी पीडितहरूमाथि सोमबार प्रहरीले लाठी चार्ज र पानीको फोहोरा हानेर बल प्रयोग गरेको थियो। झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका थिए भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। मंगलबार शान्ति वाटिकामा उनीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।
नवलपरासीलगायत देशका विभिन्न स्थानबाट आएका मिटरब्याजी पीडितहरूसँग सरकारले समिति बनाएर गृह मन्त्रालयमा वार्ता गरेको भए पनि सहमति हुन नसकेपछि मिटरब्याजी पीडितहरूले वार्ता भंग भएको जनाउँदै पुनः आन्दोलन गरिरहेका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर