कागेश्वरी मनोेहरा नगरकी सान सम्पदा

- बैशाख ५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

तिमी आँट म पुर्याउँछु भन्ने एउटा कथन छ । जुन कथन मेहीनेत र लगन गर्नेहरुको लागि सार्थक पनि बन्छ । संसारमा यो कथन सँग जोडिएर सफलताको सिंढी चढ्नेहरु धेरै छन् । जसरी संसारमा यो सिंढी चढ्ने छन् नेपालमा यस्ता मानिसहरु नभएका होइनन् । जसलाई मेहीनेत र लगनले माथि पुर्याएको होस् ।
सानै उमेरमा खेल प्रति लगाव दिएर खेलकुदको क्षेत्रमा आफूलाई अब्बल देखाउन सफल भएकी छात्रा हुन् सम्पदा सिवाकोटी ।
कागेश्वरी मनोहरा नगरपालिकाबाट प्रतिनिधित्व गरेर काठमाडौं जिल्लामा सम्पन्न जिल्ला स्तरिय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगीतामा स्वर्ण पदक ल्याउन सफल भएकी सम्पदा कागेश्वरी नगरको सान भएकी छिन् ।
सम्पदाले बागमती प्रदेश स्तरिय १३ औं राष्ट्रपति शिल्ड प्रतियोगीतामा पनि रजत पदक हासिल गरेकी छिन् । सम्पदा हाम्रो नगरको सान हो भन्छन् , नगरका समाजसेवी एवं ७ नं वडाका वडाध्यक्ष भिमसेन थापा । नगरलाई खेलकुदमा अब्बल बनाउने सोचका लागेका नगर प्रमुख उपेन्द्र कार्कीले खेलकुद प्रति देखाएको उत्साहलाई अहिले नगरबासीहरुले उत्साहका साथ हेरेका छन् । वडाध्यक्ष थापा पनि नगरलाई खेलमय बनाउन कुनै कसर बाँकी नराख्ने राय पोख्छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर