अर्थ/कारोवार
थोरै अंकले घट्यो नेप्से
- बैशाख ५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
पुँजी बजारमा मंगलबार सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तीन दशमलव ०७ अङ्कले घटेर एक हजार नौ सय चार दशमलव ९८ को बिन्दुमा कायम भएको हो ।
दुई सय ६६ वटा कम्पनीका २९ लाख ७५ हजार नौ सय २० कित्ता शेयर रू ८७ करोड चार लाख ४८ हजार बराबरको कारोबार भएका छन् ।
होटल तथा पर्यटन समूह ४० दशमलव ७५, म्युचुअल फन्ड समूह शून्य दशमलव ०८ र निर्जीवन बीमा समूह पाँच दशमलव ४३ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको उपसूचक ४९ दशमलव ६१ र लघुवित्त समूहको उपसूचक २० दशमलव ६५ अंकले घटेको छ ।
बैंकिङ समूह शून्य दशमलव ०१, विकास बैंक समूह १२ दशमलव २७, वित्त समूह छ दशमलव ८६, जलविद्युत् समूह दुई दशमलव ४९ र लगानी समूह शून्य दशमलव ३६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ । त्यसैगरी, आज जीवन बीमा समूह ११ दशमलव ३०, व्यापार समूह १८ दशमलव ९४ र अन्य समूह शून्य दशमलव ३६ अङ्कले घटेको छ ।
कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य बढी घट्नेमा भने सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव ०५ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङख्याका आधारमा सबैभन्दा धेरै प्रभु बैंक प्रमोटर शेयर रू पाँच करोड २६ लाख ३२ हजार बराबरको पाँच लाख १६ हजार कित्ता किनबेच भएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments