गाउँको विकास भनेकै देशको विकास हो भनेर दृष्टिकोण राख्ने मान्छे हुँ – तनहुँ काग्रेसका उम्मेदवार भट्टराई

- बैशाख ५, २०८० मा प्रकाशित


कासिन न्यूज,
तनहुँ ।

अहिले तनहुँ–१ मा त्रिपक्षीय प्रतिस्पर्धाका कारण १० वैशाखको उपचुनावको मैदानमा रोचक खेल हुनेछ । कांग्रेस नेता गोविन्द भट्टराई यहाँ आफ्नो दलको उम्मेदवार छन् । उनले रास्वपाका स्वर्णिम वाग्ले र एमालेका सर्वेन्द्र खनालसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
अहिले न्यायभन्दा पनि अवसर प्राप्त भयो । रामचन्द्र (पौडेल) दाइ राष्ट्रपति भएका कारणले रिक्त स्थानमा अवसर प्राप्त भएको हो भट्टराईलाई बताए ।यही जिल्लाका गाउँघर, मतदाता, कार्यकर्ता, अन्य दलका बीचमा पनि भिजिरहेको हुनाले मलाई अलि सजिलो पर्छ ।


अहिलेसम्म त मुख्य प्रतिस्पर्धी एमाले नै हुन्छ भन्ने लागेको बताउने भट्टराई बहुदलीय व्यवस्थामा धेरै दलले चुनाव लड्ने हो । पार्टीले टिकट दिन्छ, त्यसलाई मतदाताले अनुमोदन गर्ने हो । खाली भएको ठाउँमा चुनाव लड्न आउनु स्वाभाविकै हो ।
नेपाली कांग्रेस त समुद्रजस्तो, ठूलो नदी जस्तो हो, भँगालाहरू आउँछन्, छुट्टिन्छन् ।

पार्टी स्थापनादेखि अहिलेसम्म धेरै मान्छे आए, गए । तर, जति मान्छे आए तिनको राम्रै फाइदा भएको छ, जति मान्छे गए उनीहरूको क्षणिक फाइदा भयो होला । इतिहासलाई हेर्दा जो–जो कांग्रेसबाट अन्यत्र गए, उनीहरूको नोक्सानै भएको म देख्छु ।
नेपाली कांग्रेस तनहुँ–१ मात्रै होइन, देशकै आवश्यकता हो ।

हाम्रो प्रतिस्पर्धीका रूपमा धेरै आए । तर, निर्णायक परिस्थितिमा जहिले पनि नेतृत्व कांग्रेसले नै गर्छ— चाहे त्यो संविधानको होस्, चाहे आन्दोलनको होस् । आर्थिक नीतिदेखि विकास नीति बनाउनेसम्म जति पनि नीति निर्माण भएका छन् ।
लोकतन्त्रलाई मान्छेहरूले अहिले सुशासन, शासकीय सेवा प्रवाह, डेलिभरीसँग जोडेर हेर्न थालेका छन् । जेलनेल, संघर्षको इतिहास सँगसँगै भविष्यका लागि के गर्ला भनेर छलफल गर्न थालेका छन् ।

फल लगाउने र फल खानेका बीच अन्तर हुन्छ । फल लगाउने, हुर्काउने, फल लागिसकेपछि त जसले पनि टिप्न सक्छ । अहिले एक प्रकारमा कस्तो प्रचार गरिएको छ भने जेल बस्नु बेकार कुरा हो, फल खानु राम्रो कुरा हो । अर्काले फलाइदिएको खाँदा ज्यादा मीठो हुन्छ होला भन्छन् कांग्रेस नेता भट्टराई ।

आज पनि लोकतन्त्र राम्रोसँग चलेको छ कि छैन, आज पनि संविधानमाथि संकट आएको छ कि छैन भन्ने कुरा हामी छोडिदिन्छौं । मलाई पनि लागेको थियो नि त २०४६ को आन्दोलन, २०४७ को संविधानपछि अब के संघर्ष गर्नु, अब त अरू काम गर्ने हो । २०५८÷५९ मा पुग्दा त्यो त होइन रहेछ भन्ने पुष्टि भयो ।

यति धेरै मानिस विदेश गइरहेका छन्, यति धेरै रोजगारीको समस्या छ, यत्रो वर्षदेखि नेपाली कांग्रेस, एमाले, माओवादी सरकारमा छ तर के भयो त भनेर नागरिकले भनिरहेका छन् । पक्कै पनि यी समस्या समाधान रातारात त हुँदैनन्,
ममा अलि धेरै धैर्य छ । म अमेरिका बसें भने ५ वर्षमै मेरो देश अमेरिका जस्तै बनाउँछु, हुन्छ भनेर म विश्वास गर्दिनँ । त्यहाँ बस्नेहरूलाई त देश त्यस्तै चाहिएको छ नि !

त्यो अमेरिका बन्नलाई कति पुस्ताले काम गरेको छ, कति लामो लोकतन्त्रको इतिहास छ भनेर बुझ्नुपर्छ । के अमेरिकामा गृहयुद्ध भएन ? त्यहाँ आदिवासी र अरूबीच मारकाट भएका होइनन् ? अहिले अमेरिका घुम्ने मान्छेले त्यो इतिहास त देख्दैनौं नि ! वाह् अमेरिका ! क्या राम्रो, हाम्रो देश पनि यस्तै हुनुप¥यो । त्यो सोच्न सकिन्छ तर त्यो सँगसँगै कसरी भन्ने पनि आउनुप¥यो नि !
दाँजौं तर त्यसका लागि स्थिरता पनि त यहाँ दिनुप¥यो । त्यही अनुसार देशको सन्तुलन मिलाउनुप¥यो । दुई ठूला देशको बीचमा छौं, देशलाई सन्तुलित हिसाबले लैजाने क्षमता, परराष्ट्र नीति पनि हुनुप¥यो । अर्को कुरा के छ भने जति पनि देशहरू बनेका छन्, आफ्नै स्रोत, साधन र पैसाले मात्र बनेको छैन । एउटा यस्तो चरण आउँछ, जहाँ ठूलो मात्रामा लगानी गर्नुपर्छ । अथवा तत्काल बिक्री हुने प्राकृतिक स्रोत हुनुपर्छ ।
देशको विकास गर्नका लागि कसरी पूँजीको निर्माण गर्नुहुन्छ, कसरी अर्थतन्त्र मजबुत गराउनुहुन्छ भन्ने हो । आखिर देश पनि घर चलाएजस्तै त हो, प्रशस्त पैसा भयो भने तपाईंले कार किन्न सक्नुहुन्छ, जहाज राख्न सक्नुहुन्छ, महँगा ठाउँमा बस्न सक्नुहुन्छ । सानो अर्थतन्त्र छ,
नागरिक तहमा जुन खालको निराशा बढ्दैछ घरकै कान्छो पुस्तालाई सोध्नुभयो भने पनि यो देशमा सम्भावना छ र भन्न सक्छ ।
धेरै आशावादी मान्छे हुँ । पञ्चायतको दुर्दिनमा पनि यो देश बनाउन सकिन्छ भनेर राजनीतिमा लागेको मन्छे हुँ । यो देश नबन्न सक्ने होइन, बनाउन सकिन्छ, समय लाग्ला । संसारमा जति पनि देश बने, ती छोडेर जानेले बनाएको हो ।
डेमोक्रेसी एकदमै फस्टाएको छ, भयंकर डेभलपमेन्ट भयो भने कस्तो प्रतिस्पर्धी राम्रो होला ? डेमोक्रेसी बलियो हुँदा त जसले पनि आएर अवसर लिन सक्छ । आज पनि कतिपय देश छन्, जहाँ अर्कै देशमा गएर प्रधानमन्त्री, राष्ट्रपति पनि भएका छन् । देशको परिस्थिति, जनताको सोचाइमा भर पर्ने कुरा हो ।

अहिलेसम्म दिने ठाउँमा छैन, मागेरै जनताको सेवा गरिरहेको छु । सन्त नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा मैले एउटा योजना गाउँमा हाल्न लगाएको हो, अहिलेसम्म यो क्षेत्रमा ६७ वटा योजना पुगेछन् । तर, खानेपानीको समस्या अझै हल भइसकेको छैन ।
गाउँको विकास भनेकै देशको विकास हो भनेर दृष्टिकोण राख्ने मान्छे हुँ । हुन त नगरपालिका, पालिका भइसक्यो । तर, भर्खरै रूपान्तर भइरहेका पालिकामा आज पनि पूर्वाधारकै समस्या छ । पूर्वाधारसँगै उद्योग, रोजगारीका कुरा छन् । म अहिलेसम्म सरकारी तलब–भत्तासमेत नखाएको मान्छु हुँ तर तथ्यांक हेर्नुभयो भने जिल्लामा एउटा मन्त्रीले गर्नेभन्दा बढी काम मागेरै गरेको देख्नुहुनेछ । शुभचिन्तकले सहयोग गरे ।
म निश्चिन्त छु । जहाँ जहाँ पुगेको छु, मतदाताले विश्वास दिलाउनुभएको छु । पहिल्यै टिकट पाउनुपथ्र्यो, पाउनुभएन, तपाईं नै हो यहाँ रियल राजनीति गर्ने मान्छे, अरू त भर्खर भर्खर आएका छन्, भोलि राजनीतिमा रहने हुन् कि होइनन्, तपाईं नै बेस्ट हो भन्छन् ।नेपालको गरिबी हटाउने हो भने सबैभन्दा विपन्न परिवारका बालबच्चालाई सबैभन्दा राम्रो स्कुलमा स्ट्यान्डर्स एजुकेसन दिनुपर्छ भन्ने मान्छे हुँ । अहिले हामी ग्लोबल मार्केटमा छौं । एउटा गरिबको बच्चाले राम्रो शिक्षा पायो भने यहीं बसी–बसी नेटबाटै जागिर पक्का गर्छ, विदेशै पनि जानुपर्दैन । यस्ता धेरै विषय छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर