कर्णालीको पर्यटन प्रवद्र्धनार्थ ‘राइड टु रारा’ प्रतियोगिता हुँदै
- बैशाख ५, २०८० मा प्रकाशित
कासिन न्यूज,
सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि मुगुसम्म ‘राइड टु रारा’ प्रतियोगिता हुने भएको छ ।
त्रिवेणी एडभेन्चर्स प्रालि तथा रोयल एन्फिऐड बुलेट बाइक स्वरुमको संयोजनमा वैशाख १०–१३ गतेसम्म ‘राइड टु रारा’ कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रममा २० वटा बुलेट बाइकमा ४० जना राइडर्स रारा पुग्ने र उनीहरुको खान तथा अन्य व्यवस्थापन आयोजकले गर्ने प्रालिका सञ्चालक मनराज सिम्खडाले जानकारी दिए ।
मंगलबार वीरेन्द्रनगर सुर्खेतमा पत्रकार भेटघाटमार्फत सञ्चालक सिम्खडाले कर्णालीको पर्यटन प्रवद्र्धन गर्ने तथा रारा पुग्ने उत्कृष्ट राइडर्सलाई दक्षिण एशियाली खेलकुदको इभेन्टमा सहभागी गराउने उद्देश्य राखिएको उहाँले जानकारी दिए । उक्त कार्यक्रमका लागि रु आठ लाख बजेट लाग्ने अनुमान गरिएको सिम्खडाले बताए ।
एफिऐडका सञ्चालक उत्सव भण्डारीले बाइक राइडिङमा १८ वर्षमाथि उमेरकालाई मात्र भाग लिन दिइने बताए । “अहिलेसम्म १२ जना बुलेट राइडर्सले नाम दर्ता गरिसकेका छन् । हामीले २० जना राइडर्सलाई दर्ता गराएर ४० जनालाई रारातालमा पु¥याउने योजना बनाएको छौँ”, उनले भने, “त्यसभन्दा माथि जति थपिँदै गए पनि उनीहरुलाई यो प्रतियोगितामा सहभागी गराउँछौँ ।”
राइडर्ससँग मेडिकल, प्राविधिक तथा फोटोग्राफ टिम हुने र त्यसको डकुमेन्ट्रीसमेत निर्माण हुने सञ्चालक भण्डारीले जनाए । प्रतियोगिताका लागि नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद्को सहयोग रहेको जनाइएको छ । उक्त कार्यक्रममा भाग लिनेका लागि निःशुल्क दर्ताको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments