सप्तरीको शम्भुनाथमा बस दुर्घटना हुँदा २१ जना घाइते
- बैशाख ५, २०८० मा प्रकाशित
कासिन न्यूज,
सप्तरी ।
सप्तरीको शम्भुनाथमा मंगलबार भएको बस दुर्घटनामा एकै ठाउँका २१ जना घाइते भएका छन् । शम्भुनाथ नगरपालिका–८ मिलन चौकस्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १४७९ नम्बरको रिजर्भ बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार २१ यात्रु घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बस चालक झापा बिर्तामोड नगरपालिका–१ का ४३ वर्षीय टङ्क अधिकारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
बस दुर्घटनामा झापाको बुद्धशान्ति गाउँपालिका–२ बुधबारेका ५० वर्षीय डम्बरकुमारी गौतम, सोही ठाउँकी ६९ वर्षीया जगदेवी अठानी, ६५ वर्षीया देवमाया मगराती, ४५ वर्षीया नरमाया मगराती, ३९ वर्षीया अमृता बजगार्इं, ५० वर्षीया मीना ढकाल, ५३ वर्षीया कमला सुवेल, ५० वर्षीया हिमा लम्जेल, ६० वर्षीया कमला लम्जेल र ६१ वर्षीया बालकुमारी मगर घाइते भएका छन् । उजीहरूको सप्तरीको कल्याणपुरस्थित युनिभर्सल अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी झापाको बुद्धशान्ति–२ कै ५१ वर्षीय बालकिसन मिजार, ४८ वर्षीय बुद्धिमान लिम्बु, ४८ वर्षीय केदार पौडल, ५८ वर्षीया सरिता बोहरा, ४० वर्षीय टीका बोहरा, ३८ वर्षीया गीता मिजार, ३० वर्षीय बिना आचार्य, १४ वर्षीया अस्मिता गुरागाईं र ४७ वर्षीय उमा श्रेष्ठ घाइते भएका छन् ।
घाइते हुनेमा झापाको गौरादह गाउँपालिका–४ का ४६ वर्षीय धर्मेन्द्रकुमार श्रेष्ठ र ४० वर्षीया सुष्मा प्रधानसमेत रहनुभएको छ । उनीहरूको उपचार भने कल्याणपुरस्थित एडभान्स अस्पतालमा भइरहेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments