अस्पताल भर्ना भएका राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लाने तयारी
- बैशाख ६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
अस्वस्थ भएर अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई भारत लाने तयारी भएको छ। मंगलबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका पौडेललाई थप उपचारका लागि भारत लाने तयारी सरकारले गरेको हो।
राष्ट्रपति पौडेलको छातीमा देखिएको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लान चिकित्सक र परिवारबीच परामर्श भइरहेको शिक्षण अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाले जानकारी दिए।
परिवारका सदस्यले थप उपचारका लागि भारत लानुपर्ने बताएपछि सरकारले एयर एम्बुलेन्समार्फत् भारत लाने तयारी गरेको हो।
केही दिनअघि पनि पौडेल पेटसम्बन्धी समस्या भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। यसअघि चैत १८ गते अस्पाल भर्ना भएर उनी २२ गते डिस्चार्ज भएका थिए।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments