नवलपुरको विभिन्न वनका ५३ स्थानमा डढेलो
- बैशाख ६, २०८० मा प्रकाशित
कासिन न्यूज,
नवलपरासी ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विभिन्न वनका ५३ स्थानमा डढेलो लागेको छ । फागुनयता ती स्थानमा डढेलो लागेको हो ।
डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमका अनुसार हाल दुई हजार छ सय ५० हेक्टरमा डढेलो लागेको छ । डढेलो लागेको क्षेत्र बढ्न सक्ने उाले बताए । “फागुनभन्दा चैतमा यहाँका सामुदायिक वनमा डढेलो लाग्ने क्रम बढेको पाइएको छ”, उनले भने । धेरैजसो क्षेत्रमा आगो नियन्त्रणमा आएको गौतम बताए । “अहिले थप केही क्षेत्रमा डढेलो लागेको सूचना प्राप्त भएको छ”, उनले भने ।
डढेलो नियन्त्रणका लागि समय समयमा यस सम्बन्धी कार्यक्रम वन कार्यालयले गर्ने गरेको छ । सामुदायिक वनले हेरालु राख्ने गरेका छन् । उनीहरुले अग्नि नियन्त्रण समूहसमेत बनाएका छन् । आगो लगाउँदा नयाँ घाँस पलाउने, च्याउ उम्रनेलगायत धारणाका कारण स्थानीयले आगो लगाउने गरेको पाइएको गौतमले बताए ।
“पहिला–पहिला खोरिया फाड्न वनमा आगो लगाउने चलन थियो, हाल यस्तो गरेको पाइँदैन”, उहाँले भन्नुभयो । डढेलोका कारण यहाँको वायुमण्डल धुवाँले ढाकेको छ । धुवाँले आँखा पोल्ने, श्वासप्रश्वासमा समस्या आउनेलगायत स्थिति रहेको मध्यविन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीले बताउनुभयो । चश्मा प्रयोग गर्ने, बेला–बेलामा चिसो पानीले आँखा धुने, मास्क लगाउनेजस्ता उपाय अपनाउन उहाँले सबैमा आग्रह गर्नुभयो । नवलपुरमा करिब ७० हजार चार सय हेक्टर वन रहेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments