बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइदै

- बैशाख ६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि बुधबार र बिहिबार खुवाउन लागिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिनादेखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने जनाएको छ ।

यसैगरी, १२ महिनादेखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने मन्त्रालयले जनाएको छ। आज छुटेकालाई भोलि खुवाइनेछ ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर