कर्णाली प्रदेश सरकार : नेपाली कांग्रेसका तीन मन्त्रीको शपथ हुँदै

- बैशाख ६, २०८० मा प्रकाशित


कासिन न्यूज,
सुर्खेत ।
कर्णाली प्रदेशमा नेपाली कांग्रेसका तीन मन्त्रीको शपथ बुधबार हुने भएको छ ।

मङ्गलबार दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले यसअघि नेकपा एमालेले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी कृष्णकुमार बिसी, खड्गबहादुर पोखरेल र बेदराज सिंहलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।
सिंहले आर्थिक मामिला तथा योजना, पोखरेलले सामाजिक विकास र बिसीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।
सिंह जाजरकोट प्रदेशसभा ९१० बिसी, दैलेख क्षेत्र नं १९१० र पोखरेलले सुर्खेत क्षेत्र नं १ ९१०बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर