प्रतिनिधिसभा बैठक : अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी कार्यसूची
- बैशाख ६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रतिनिधिसभाको बुधबारको बैठकका लागि एउटा मात्रै कार्यसूची तय गरिएको छ। संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकका लागि संसद सचिवालयले एउटा मात्र सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० को तर्फबाट राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत हुने संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ।
यद्यपि बैठकको आकस्मिक समय, शून्य समय र विशेष समयमा सांसदहरुले आफ्नो धारणा राख्न सभामुखले समय दिन सक्नेछन् । मंगलबार बोलाइएको राष्ट्रिय सभाको बैठक भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments