उपचुनाव
चितवनमा रविको क्रेज घट्दो – कांग्रेसका जीतनारायणले बाजी मार्ने सम्भावना बलियो

- बैशाख ६, २०८० मा प्रकाशित


कासिन न्यूज,
चितवन ।

अहिले देशको राजनीतिककर्मीहरु देखी सम्पूर्ण जनको ध्यान चितवन तर्फ केन्द्रित हुन् थालेको छ । बैसाखको तातो तापक्रम संगै काँधमा रुमाल च्यापेर नेताहरु आ आफनो चुनाव प्रचारमा लागेका छन् । पसिनाले लिस्नु निर्थुक भएपनि यसको प्रवा छैन अहिले दलिय राजनीतिमा लागेका नेता उनीहरुका कार्यकर्ता ।
अबको ठिक ४ दिनपछि चितवनको क्षेत्र नम्वर २ बाट एकले फेरी प्रतिनिधिसभाको सदस्य बन्ने मौका पाउने छन् । उपचुनावलाई लिएर अहिले राज्यका ठूला देखी साना दलहरु भरतपुरमा आफनो शक्ति प्रर्दशन गरिरहेका छन् ।
राजनीतिक दलका युवा कार्यकर्ता देखी पुरानो पुस्ता सम्म अहिले चितवनको चुनावी राजनीतिमा आफनो सक्दो जोड दिएर लागि परेका छन् ।


राजनीतिक माहोलको सरगर्मीलाई नजिकबाट नियाँलिरहेका नेपाली कांग्रेसका एक नेता भन्छन् , अहिले पहिलेको जस्तो राजनीतक स्थिती छैन । बिगतमा आफनो दललाई बिभिन्न रुपले क्षति पुर्याई रहेका बृद्ध राजनीतिककर्मीको अहिले पनि राजनीतिमा आवद्धताले युवा पुस्ताले त्यसैलाई च्वाइसको रुपमा लिन छोडेका छन् ।
राजनीति गर्नु र निर्वाचनमा होमीनु दुबै फरक धार हुन् । निर्वाचन भनेको आफूले चाहेको नेतालाई सघाउनु पनि हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादबीच १३ माघमा पदमुक्त भएपछि पुनः हुँदै गरेको उपनिर्वाचनलाई मुख्य राजनीतिक दलले प्रतिष्ठाको विषय बनाएका छन् । जस्तो कि कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य उदय राणा लगायत नेता आफ्ना उम्मेदवार जीतनारायण श्रेष्ठलाई जिताउन भरतपुरमा अड्डा जमाएर बसेका छन् ।
नेकपा एमालेले आफ्ना उम्मेदवार रामप्रसाद न्यौपानेलाई साथ दिन पोलिटब्यूरो सदस्य गोकुल बास्कोटालाई खटाएको छ । पार्टी सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टले पनि चितवन आउजाउ बाक्लो पारेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली आफैं भरतपुर आउन इच्छुक भए पनि स्वास्थ्यका कारण तत्काललाई यो सम्भव हुनसकेको छैन ।

४ मंसिरको आम चुनावमा भारी मतान्तरले विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि प्रायः चितवन छाडेका छैनन् । रास्वपाका नेता, कार्यकर्ताहरूले ‘काम गर्न खोज्दा–खोज्दै पाँच महिनामै हटाइएको’ भाष्य चितवनमा स्थापित गर्न खोजिरहेका छन् । यसअघि ४९ हजार ३सय मत ल्याएर विजयी भएको पृष्ठभूमिमा फेरि सहज जित निकालेर संसद प्रवेश गर्ने दाउमा छन्, लामिछाने ।
तर विभिन्न विवादका उपमा पाएका रास्वपा सभापति लामिछानेलाई यसपाली सिट कब्जा जमाउन अझ निकै संर्घष गर्नु पर्ने अनुमान चितवन २ का कुनै दल सँग आवद्ध नभएका तर राजनीतिमा चाख राख्नेहरु बताउन थालेका छन् ।

अहिले भै रहेको दोस्रो पटकको चुनाव उनी स्वयंले पनि पहिलेझैं सजिलो मानेका छैनन् । पाँच महिनाअघिको आमचुनावमा आफूहरूलाई मुख्य दलहरूले वास्ता नगरेको लामिछानेको विश्लेषण छ । ‘अहिले धेरै किसिमका हत्कण्डा अपनाइएका छन्, सायद अघिल्लो निर्वाचनमा हामीलाई त्यति धेरै ध्यान दिइएको थिएन । चितवनमा आयोजित चुनावी सभामा रास्वपा सभापति लामिछानेले भने, ‘त्यतिबेला हेपियो होला, तर पार्टी स्थापनाको ६ महिनामा २० सिट ल्याउन सकेकाले पनि होला, पुरानो दलले घेराबन्दी गर्न खोजेको अवस्था देखेको छु ।’

सामाजिक सञ्जालमा शुभेच्छुकबाट भएका तिखा टिप्पणीलाई लिएर पनि निरन्तर गाली खानु परेको लामिछाने बताउँछन् । आफूहरूलाई गरिएको प्रश्न हेर्दा ६ महिनाअघि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले नै देश बिगारेको जस्तो देखाउन खोजेको उनको भनाइ छ ।
पुराना राजनीतिक दल पनि मंसिरको परिणामबाट साँच्चिकै झस्किएका छन् । त्यसैले उनीहरूले पनि रविविरुद्ध प्रतिस्पर्धा गर्न युवा उम्मेदवार अघि सारेका छन् । नेपाली कांग्रेसले नेविसंघको राजनीतिबाट आएका जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
‘रवि लामिछाने चुनाव जितेपछि कति पटक चितवन आए ?’ घरदैलो अभियानमा भेटिएका कांग्रेस केन्द्रीय सदस्य उदयशमशेर राणा प्रश्न गर्छन्, ‘त्यसैले यसपालि चितवन–२ का मतदाता झुक्किंदैनन्, स्थानीयस्तरमा भिजेका युवा नेता श्रेष्ठलाई नै चुन्छन् ।’ आमचुनावमा नेपाली कांग्रेसले उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । चितवनसँग व्यावसायिक नाता मात्रै भएका श्रेष्ठलाई सभापति शेरबहादुर देउवासँग निकटताका आधारमा टिकट दिएर स्थानीय आकांक्षीलाई पाखा लगाएको भन्दै चितवन कांग्रेसमा असन्तुष्टि देखिएको थियो ।
कांग्रेस नेतृत्वको गठबन्धनका अरू दलका नेताहरू आफूहरूको मत श्रेष्ठलाई गए पनि कांग्रेसले आफ्नै मत जोगाउन नसकेको विश्लेषण गर्छन् । कांग्रेस भरतपुर महानगर समितिका कार्यवाहक सभापति बुद्धिकान्त न्यौपाने भन्छन्, ‘त्यसैले यसपटक चितवन २ ले स्थानीय उम्मेदवारलाई जिताएर सरप्राइज दिंदैछ ।’
कालिका नगरपालिका–९, शक्तिखोरमा जन्मिएका श्रेष्ठ आफूलाई चितवनको हरेक गाउँघर, टोल र शहरको स्थानीय समस्यासँग परिचित व्यक्ति भएको भन्दै प्रचार गरिरहेका छन् । नेकपा एमालेले पनि युवा नेता रामप्रसाद न्यौपानेलाई अघि सारेको छ । उनलाई चितवन–२ बाट दुई पटक निर्वाचित नेता कृष्णभक्त पोखरेलले ठाउँ खाली गरिदिएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेका बेला न्यौपानेले भरतपुर महानगर कमिटी अध्यक्षको जिम्मेवारी पाएका थिए । पछि पार्टी फेरि छुट्टिएपछि करिब ९ महिना पार्वती रावल एमाले जिल्ला अध्यक्ष भइन्, त्यसयता न्यौपानेले जिल्ला कमिटीको नेतृत्व गरिरहेका छन् ।
रास्वपा उम्मेदवार लामिछाने सोमबार आँपटारीमा भएको चुनावी सभामा पुग्दा आमचुनावमा जस्तो मतदाताको स्वतस्फूर्त भीड थिएन ।
यसअघि भरतपुरको शिवघाटमा २५ कात्तिकमा भएको उनको चुनावी सभामा महिला र वृद्धवृद्धाहरू घरघरबाट आफैं घण्टी बोकेर चुनावी अभियानमा निस्किएका थिए ।


टेलिभिजन कार्यक्रम चलाउँदा विदेशमा अलपत्र परेका नागरिकको उद्धार गरेको बताउँदै उनी थप्छन्, ‘जिताएर पठाएपछि झन् धेरै गर्छन् भन्ने शतप्रतिशत विश्वास छ ।’ निर्वाचित भएयता लामिछाने अनेक विवादमा मुछिएका छन् । समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले लामिछानेको ‘कोर टिम’लाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो पनि सार्वजनिक भएको छ ।
रविले निर्मला हत्या प्रकरणका आरोपीलाई समात्छु भन्दै नेताहरूका पछाडि खटिएका प्रहरी हटाएर राम्रो काम गरेको भन्दै एक मतदाता भन्छन् , दलहरूलाई त्यो चित्त नबुझेको बताइन् ।

अहिले कांग्रेस र एमालेले पनि युवा उम्मेदवार उठाएको उल्लेख गर्दै उनले लामिछानेले पुराना दलहरू पनि सफा गरिदिएको टिप्पणी गरे । कांग्रेस एमालेका नेता आउँछन् ।
भरतपुरमा आइतबार, सोमबार र मंगलबार कांग्रेस–एमालेको चुनावी सभा पछ्याउँदा अरू उम्मेदवारहरूले रविको कमजोरीलाई सक्दो प्रचार गरेर आफ्नो पक्षमा माहोल बनाउने प्रयास गरिरहेको देखिन्छ ।
रवि भने ठिक विपरीत छन् । उनले केही उम्मेदवारलाई लक्षित गरेर टिप्पणी गरेका छैनन् । बरु पार्टीभित्र देखा परेका विवादहरूबारे स्पष्टीकरण दिंदै आफूहरू विरुद्ध घेराबन्दी गरिएको बताउने गरेका छन् । ‘मैले विगतमा पनि कोही उम्मेदवारबारे व्यक्तिगत कुरा बोलेको थिइनँ, यसपालि पनि बोल्दिनँ’, लामिछाने भन्छन्, ‘अवस्था परिवर्तन गर्न आएका हौं, मतदाता नै हाम्रो शक्ति हो ।’
४ मंसिरको चुनावमा लामिछानेले ४९ हजार ३ सय मत ल्याएर निर्वाचित हुँदा पाँचदलीय गठबन्धनका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ५२ मत पाएका थिए ।
कांग्रेस एमालेका स्थानीय नेताहरूको बुझाइमा, राप्रपा नेता विक्रम पाण्डेले चितवन–३ नआए क्षेत्र नं. २ मा सहयोग गर्ने वचन दिएका थिए । रवि पत्नी निकिता पौडेलका बुबा उद्धव पौडेल राप्रपाका नेता हुन् । त्यसैले विक्रमले पौडेलमार्फत रविसँग संवाद गरेको उनीहरूको बुझाइ छ । तर उनीहरू यसको कुनै ठोस आधार बताउन चाहिं सक्दैनन् ।
‘यसपालि विक्रम पाण्डेलाई केही लिनु छैन । राप्रपा उम्मेदवार जीवलाल पुरीले पनि चुनावी अभियानलाई तीव्र बनाउँदै लगेका छन्’ भरतपुरका एक कांग्रेस नेताको विश्लेषण छ, ‘यसपालि राप्रपाको मत कता जान्छ भन्ने कुराले पनि मतान्तर कति हुन्छ भन्ने निर्धारण गर्छ ।’

रास्वपाका चितवन सभापति कृष्णप्रसाद भुसाल चाहिं सभापति लामिछाने यसपटक विगतभन्दा फराकिलो अन्तरले विजयी हुने दाबी गर्छन् । उनी भन्छन्, ‘पहिले पनि आफ्नो भोट जोगाउन सबैले खोजेकै हुन्, यसपालि झन् बढी मतान्तरले जित्छौं ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर