राष्ट्रपति पौडेलको स्वास्थ्य
छातीको तल्लो भागको पानीमा संक्रमण हुनुले धेरै रोगको संकेत गर्ने
- बैशाख ६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ । पौडेलको थप उपचार अल इन्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्सेस ‘एम्स’ मा भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सक र परिवारको सल्लाहमा राष्ट्रपतिलाई बुधबार बिहान भारत लगिएको हो । श्री एअरलाइन्सको विमानबाट राष्ट्रपतिसँगै उनका परिवारका सदस्य, निजी चिकित्सक नीरज बमसहित ७ जना चिकित्सकको टोली छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार पौडेलको बायाँ कोखामा समस्या देखिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले छातीमा संक्रमण देखिएको र तल्लो भागमा थोरै पानी जमेको बताए ।
उहाँलाई हामीले छातीमा पानी देखिएसँगै एन्टिबायोटिक औषधि चलाएका थियौं । तर, एन्टिबायोटिक औषधिले पानी सुक्न सकेन । अन्य देशका चिकित्सकको सुझाव लिन आवश्यक भएकाले भारत जाने सल्लाह भएको हो ।
राष्ट्रपति पौडेल १८ चैतमा पेटको समस्या लिएर अस्पताल पुगेका थिए । राष्ट्रपति पौडेलको स्वास्थ्य लामो समयदेखि छातीरोग विशेषज्ञ डा. निरज बमले हेर्दै आएका छन् ।
उपचारमा संलग्न निजी चिकित्सक डा. बमले त्यसबेला पेट दुखेका कारण अस्पताल आएको बताएका थिए । त्यसपछि डा. बमले एन्टिबायोटिक औषधि खान सल्लाह दिएका थिए । त्यसबेला राष्ट्रपति पौडेल भर्ना भएर पाँच दिन अस्पताल बसेका थिए ।
पुनः समस्या देखिएपछि राष्ट्रपति पौडेललाई फ्लोअपका लागि ४ वैशाखमा अस्पताल पुगेका थिए । त्यसबेला संक्रमण नघटेपछि चिकित्सकले पानी तानेर परीक्षणका लागि शिक्षण अस्पतालको प्रयोगशालामा पठाएका थिए । तर, त्यो रिपोर्ट के आयो भन्ने बारेमा प्रष्ट खुलाइएको छैन ।
त्यसपछि मंगलबार राष्ट्रपति पौडेल पुनः अस्पताल पुगे । निजी चिकित्सक डा. बमका अनुसार राष्ट्रपति पौडेल पानीको मात्रा नपुगेको अनुभव भएपछि अस्पताल पुगेका थिए । अस्पताल भर्ना भएपछि मंगलबार छातीको एमआरआई र सीटी स्क्यान पनि गरिएको थियो ।
डा. बमका अनुसार राष्ट्रपतिको छातीको तल्लो भागमा भएको पानीको संक्रमण घटेको छैन । ‘पानीमा संक्रमण नघट्नु वा जमेको खण्डमा केही जटिलता भएको संकेत गर्छ । उनले अगाडि भनेका थिए, ‘मेडिकल साइन्समा कोही चिकित्सक पूर्ण हुँदैनन् । उहाँ अहिले देशकै प्रमुख भएका कारण अन्य देशका चिकित्सकसँग पनि सल्लाह लिने हिसाबले भारत लैजाने तयारी गरेका हौं । छलफल र सुझावकै आधारमा उपचार राम्रो गर्न सकिन्छ ।’
बायाँ छातीको तल्लो भागबाट तरल पदार्थ निकालेर परीक्षण गरिएको रिपोर्टमा संंक्रमण, किटाणु देखिएको निर्देशक डा. काफ्लेले जानकारी दिए ।
निमोनियाको उपचार नेपालमै हुने भए पनि एन्टिबायोटिकले प्रभावकारी काम नगरेको चिकित्सकको सुझावका आधारमा भारत लगिएको अस्पताल प्रशासनको भनाइ छ । पौडेलले राष्ट्रपति हुनुअघि पनि एम्सका चिकित्सकको सल्लाह सुझाव अनुसार नै औषधि खाइरहेका थिए ।
विशेषज्ञ चिकित्सक भने छातीको तल्लो भागको पानीमा संक्रमण हुनुले धेरै रोगको संकेत गर्ने बताउँछन् । ‘छातीमा पानी भरिनु त्यो अनुसार बिरामीको अवस्था, रिपोर्ट हेरेर शंकाहरू बढाउँछौं । यस्तो समस्याले क्यान्सर, टिबी लगायतका अन्य रोग भएको संकेत गर्छ,’ ती चिकित्सकले भने ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments