सूर्य ग्रहण : ‘नेपालबाट देखिंदैन, बार्न पनि पर्दैन’
- बैशाख ७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
बिहिबार सूर्य ग्रहण लाग्दै छ । तर यो ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले भनेका छन्, ‘वैशाख कृष्ण औंसीका दिन ९वैशाख ७ गते० लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई लाग्दैन र बार्नु पनि पर्दैन ।’
यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते सूर्य ग्रहण लाग्दै छ । तर यी तीनै पटकका ग्रहण नेपालबाट नदेखिने प्राध्यापक अधिकारीले बताए । कात्तिक ११ गते लाग्ने चन्द्र ग्रहण भने नेपालबाट देखिन्छ ।
समितिका अनुसार वैशाख ७ गतेको सूर्य ग्रहण चीन, मंगोलिया लगायत देशबाट देखिन्छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments