उपनिर्वाचन : मौन अवधि राति १२ बजेदेखि सुरु, प्रचार प्रसारमा रोक

- बैशाख ७, २०८० मा प्रकाशित


कासिन न्यूज,

काठमाडौं ।

उपनिर्वाचनको मौन अवधि बिहिबार राति सुरु हुँदै छ ।

वैशाख १० गते हुन गइरहेको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुन लागेको हो । निर्वाचन आयोगका अनुसार उपनिर्वाचन प्रयोजनका लागि राति १२ बजेबाट प्रचारप्रसार गर्न पाइने छैन र प्रचार प्रसार गरेको पाइएमा कारबाही हुनेछ ।

बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर