राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

- बैशाख ७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले बिहिबार सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । उनी उपचारका लागि बुधबार नयाँ दिल्ली गएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर