सर्वोच्च अदालतको अन्तरिम आदेश : सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाइसक्नु
- बैशाख ८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार, राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्रीको आवास क्षेत्रको फोहोर तीन दिनभित्र उठाइसक्न सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकालाई आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधिश प्रकाशमान सिंह राउतको एकल इजलाशले अन्तरिम आदेश जारी गर्दै महानगरपालिकालाई फोहोर उठाउन भनेको हो ।
“संवैधानिक र कानुनी व्यवस्थाअनुसार फोहोर सङ्कलन गरी विसर्जन गर्नुपर्ने दायित्व स्थानीय तहलाई सुम्पेको देखिँदा स्थानीय तहको हैसियतमा सो दायित्व काठमाडौँ महानगरपालिकाको देखिन आयो”, सर्वोच्चको आदेशमा भनिएको छ, “तसर्थ रिट निवेदकले उल्लेख गरेको स्थानको फोहोर यो आदेश प्राप्त भएको मितिले तीन दिनभित्र सङ्कलन गरी उठाइ विसर्जनसमेत अबिलम्ब गर्नु गराउनु भनी काठमाडौँ महानगरपालिकाको नाउँमा अन्तरिम आदेश जारी गरिएको छ ।”
काठमाडौँ महानगरपालिकाले गत चैत २४ गतेदेखि यी स्थानमा फोहोर उठाउन छोडेको थियो । महानगरपालिकाको उक्त कदम पछि अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा शुक्रबार सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।
काठमाडौँको फोहोर विसर्जन गरिने ल्यान्डफिल साइट अरु स्थानीय तहअन्तर्गत पर्ने हुँदा त्यहाँका बासिन्दा, स्थानीय तह, र सरोकारवालासँग आवस्यक समन्वय गर्नका लागि पनि सर्वोच्चले सरकारको ध्यानाकर्षण गरेको छ
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments