भ्रमण अगाडी राष्ट्रको समग्र हित र स्वार्थलाई व्यवस्थित नगरे अप्ठ्यारो स्थिती – प्रधानमन्त्री दाहाल

- बैशाख ९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

शनिबार नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको केन्द्रीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू भारत भ्रमणको तयारीमा रहेको बताएका छन् ।
‘मेरो छिट्टै छिमेकीहरुसँगको भ्रमण हुँदैछ। अहिले तयारी राम्रो गरिएन भने राष्ट्रको समग्र हित र स्वार्थलाई व्यवस्थित रुपले राख्न सकिएन भने त्यसले अफ्ठ्यारो आउन सक्छ,’ उनले भने।

प्रधानमन्त्री दाहाल चाँडै भारत भ्रमणको तयारीमा छन्। उनको भ्रमणको तालिका भने सार्वजनिक भइसकेको छैन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर