पहिचानवादी आन्दोलन
पेट्रोल बम प्रहारमा तिन प्रहरी घाइते
- बैशाख ९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
शनिबार दिउँसो विराटनगरमा भएको प्रहरी र पहिचानवादी आन्दोलनकारीको झडप क्रममा प्रहरी लक्षित गरी पेट्रोल बम प्रहार भएको छ। मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेलका अनुसार कोशी नाम खारेजीविरूद्ध आन्दोलनमा उत्रेका आन्दोलदनकारीले प्रहरी लक्षित गरेर पेट्रोल बम प्रहार गरेका हुन्।
‘आन्दोलनकारीले पेट्रोल बम प्रहार गरेका छन्,’ उनले भने, ‘यसबाट तीन जना प्रहरी घाइते भएका छन्।’प्रहरीले शनिबार ४४ राउण्ड अश्रुग्यास प्रहार गरेको उनले बताए।
आन्दोलनकारीहरूले भने एक जनालाई गोली लागेको दाबी गरेका छन्। तर प्रहरीले भने गोली नचलाइएको बताएको छ।
कोशी नाम खारेजी माग गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बूको शव यात्राका क्रममा विराटनगरमा झडप भएको हो।
प्रदेशको नाम कोशी खारेज गरेर पहिचानका आधारमा पुनः नामांकन गर्नुपर्ने भन्दै चैत ५ गते मा विराटनगरमा प्रदर्शन भएको थियो। सोही दिन घाइते भएका उनको चैत १० मा मृत्यु भएको थियो। सरकारले उनलाई शहीद घोषणा गरेपछि बल्ल उनको अन्त्येष्टि हुँदैछ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments