कासिन विशेष
उपचुनावको सेरोफेरोमा गरिएको स्थलगत सर्भेक्षण भन्छ मतदाता भन्दा गैर मतदाताले भरिएको छ चितवन

- बैशाख ९, २०८० मा प्रकाशित


राजकुमार लामा,
चितवन ।

बैसाख १० अर्थात आइतबार (भोली) चितवन बासीहरुले फेरी एक पटक आफनो मताधिकार प्रयोग गर्न पाउने छन् । आउँदौ उपचुनावलाई लिएर चितवनको निर्वाचन क्षेत्र नम्बर दुई बारा र तनहुँ भन्दा आम जनमानसको आँखामा अहिले चितवनको क्षेत्र नम्वर २ परेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गैरनागरिकको धब्बा लागेपछि उनको सांसद र उपप्रधान एवं गृहमन्त्रीको पद गएको थियो ।
रास्वपा सभापति लामिछानेका कारण उपचुनाव हुन् लागेको चितवनको चुनावी माहोल निकै गर्माउन थालेको छ । दोस्रो पटक चुनावी मैदानमा होमिएका रास्वपा सभापति लामिछाने आफैले सिर्जना गरेको लफडामा अहिले उनी नै परेका छन् ।

सभापति लामीछानेको कुनै पनि हालतमा संसदमा पुग्ने तिब्र आकांक्षा र नयाँ उदय भएको आफ्नो दलको साखलाई जोगाउन सम्र्पुण शक्ति लगाई रहेकाछन् । अहिले युवा माझ लोकप्रियतामा हासिल गरिरहेका लामिछाने अहिले सामजिक सञ्जालमा गालिगलौजमा उत्रने साईबर समर्थक, विपक्षीहरुको एकजुटताले ब्यालेट ग्राउण्ड चितवन २ मा लामीछानेलाई अहिले अप्ठ्यारोमा पर्दै गइरहेको छ ।


जिल्लामा राम्रो सांगठनिक संरचना भएको नेपाली कांग्रेसले उम्मेदवारको रुपमा जित नारायण श्रेष्ठले चितवन २ मा सत्ता गठबन्धनका एकीकृत समाजवादी, माओवादी केन्द्र लगायतको समर्थनमा रहेका श्रेष्ठका कारण अहिले लामीछाने लाई आच्छु आच्छु परेको चितवनका मतदाताहरु बताउँछन् ।
चुनाव आउने दिन नजिकिदै गर्दा निर्वाचनको दौडमा रहेका रवीे सँग मैदानमा उत्रेका श्रेष्ठ झिनो अग्रतामा देखिएका छन् ।
चुनावी विश्लेषण गर्न पछिल्ला केही दिन अघि बिश्लेषकहरुले निर्वाचन क्षेत्रमा पर्ने भरतपुर र कालिका गाउँपालिकाका केही वडाहरुमा पुगेर मतदातासँग कुरा गरेका थियौ ।
ईच्छाकामनाको मुग्लिन, भरतपुर कालिका लगभग २०२ जना मतदातासँग प्रत्यक्ष भेटेर कुरा कुरा गर्दा निर्वाचन क्षेत्रमा भोटर भन्दा पनि रमितेहरुको लर्को धेरै लामो भएको देखीयो ।


अहिले सौराहा भरतपुर र गौडाकोटका खचाखच भरिएका होटलहरुले पनि देखाउछ । केही प्रश्न, रोजाईको कारण र मनोविज्ञान सहित बिश्लेषण गर्दा धरातलिय यथार्थ बुझ्न सहज हुने हुँदा सामुहीक प्रयासमा बिश्लेषकहरु लागेका छन् । चुनाव लोकतन्त्रको अभ्यास र अन्तिम नतिजा मत गणना पछि नै हुने हुनाले यसलाई बाहीरी आँखाले देखेको सत्य सम्म भन्न सकिन्छ ।

मतदान गोप्य हुने र जनमत सर्वोपरि हुनेहुँदा परिणाम यस भन्दा भिन्न हुन सक्छ । त्यो मतगणना पछी सबैलाई थाहा हुन्छ। । हामीले यस लेख तयार गर्न भेटेका मानिसहरुको तथ्यांक र बोलेका कुराहरुको संकलित गरेका छौं । यो चुनावी मतपरिणाम फरकपार्न नभएर कच्चा तथ्याङ्क सहितको स्थलगत आलेखले भविष्यमा लेखन प्रक्रियालाई कत्तीको सहजता बनाउछ भन्ने उद्देश्यले तयार गरिएको छ ।

हामीले भेटेकामध्ये सबभन्दा धेरै ४९ जनाले ३०.१ प्रतिशतले नेपाली कांग्रेस पार्टीका उम्मेदवार जित नारायणलाई मत दिन्छु भनेका थिए । दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका लाई ४६ जनाले २८.२ प्रतिशतले रविलाई मत दिन्छु भनेका थिए ।
तेस्रो स्थानका लागि भने ३१ जनाले १९ प्रतिशतले एमाले उम्मेदवार न्यौपानेलाई मत दिने बताएका छन् । हामीले कुरा गरेका मध्ये ९ जना ५.५२ प्रतिशत अन्य उम्मेदवार र २८ जना अर्थात १७.२ प्रतिशत मतदाता अनिर्णीत भएको देखिएकोछ ।
यस अध्ययनको नतिजा फरक पर्ने सम्भावना १० प्रतिशत हाराहारी तलमाथि हुन सक्ने सम्भावना छ । अर्थात यो लेखमा कुनै पनि उम्मेदवारले पाउँछन् भनिएको अनुमानित मत प्रतिशत १७.२ प्रतिशत अनिर्णीत मतदाताले तलमाथि हुन सक्छ ।
तत्कालिन घटना परिघटनाले पनि फरक परिणाम दिन सक्छ । भरतपुर र कालिकामा डेरा जमाएर बसेका जिल्ला बाहिरका प्रचारकहरुको उपस्थितीले माहोल फरक पार्ने सम्भावना देखिन्छ ।


चितवन २ को निर्वाचनमा नेपाली कांग्रेसबाट प्रर्तिस्पर्धी जित नारायण झिनो अग्रता देखिए पनि उनको जय र रविको पराजय सुनिश्चित भएको मान्न सकिदैन किनभने उनीहरूले पाउने मत प्रतिशत त्यति धेरै फराकिलो छैन ।

अन्तिम समयमा रविले केही प्रतिशत मात्र मत बढाए र जित नारायणको मत केही प्रतिशत घट्यो वा अनिर्णीत मतदाताको मतले पनि दुईबीच कडा लडाईमा विजय पराजय अनिश्चत हुने देखिन्छ ।
यसका आधारमा चितवन २ मा यसपालि मुख्य प्रतिस्पर्धा चितवनमा आफ्नो राजनीतिक विरासत जोगाउन संघर्ष गरिरहेको नेपाली कांग्रेस र नयाँ मुख्य शक्ति बन्ने अभियानमा लागेको राष्ट्रिय स्वतन्त्र पार्टी र सांगठिन दलबलमा मैदानमा होमिएको एमाले बीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
अघिल्लो चुनावमा एक पक्षिय रुपमा अन्य सबै प्रतिस्पर्धीलाई पाखा लगाउन सक्षम लामिछानेलाई यसपाली असहज हुनुको कारण एमाले र कांग्रेसका दुबै प्रतिस्प्रर्धी स्थानिय हुन रहेको मतदाताहरुको बुझाई छ ।
कांग्रेसका उम्मेदवार जितनारायणको पुरानो लोकप्रीयता चितवनको वस्ती बिस्तारको क्रममा तिन पुस्ते योगदान र मर्दाको मलाली आवश्यक पर्दाको जन्ती रहेकोछ । शक्तीखोरमा जन्मेर यहिको माटोलाई हजुरबा बुबा देखी आफ्नो योगदानले कालिकामा उनको लोकप्रियता अत्यधीक रहेको देखीन्छ । संकटको बेला एक हुने चितवन कांग्रेसको पुरानो चलन भनेर कालिकाका एक बृद्ध भन्दै थिए ।

उनले देश बनाउन बृद्ध युवा सबै मिल्नु पर्ने बृद्धलाई ¥याले भन्ने शब्दले हाम्रो सामाजिक धरातल बिग्रने भन्दै दुख मनाउ गर्दै थिए । कालिकाका एक आदीबासी थारु समुदायका व्यक्ती पदमपुर स्थानान्तरण गर्दा स्थानिय कांग्रेस नेता बाबुराम पुरीको योगदानको स्मरण गर्दै थिए ।
भरतपुरका एक युवा अफ्नो एक छिमेकीलाई पहिले रवी लाई भोट दिएको यसपाली दिन्न भन्दा दिइएको अश्लिल गाली सम्झदै थिए ।
ईच्छाकामनाका कुरिनटारका एक पेशाकर्मी सरकार विदेशीले बनाउने, भोट विदेशिनेले भनेको ठाँउमा दिनु पर्ने हुँदाहँुदा असहज अवस्थामा नेपाललाई एक्लै छोडेर हिडने र सहज हुँदा भ्रमको खेती गर्नेलाई स्थान दिन नहुनेमा भन्दै थिए ती पेशाकर्मी ।

रविलाई भोट दिने अधिकाश मतदाताहरुको प्राय एउटै स्वर सुनिन्थ्यो पुराना सब खत्तम अब नयाँ भन्ने सुनिन्थ्यो । कालिकामा चिया पसलमा भेटीएका कोही मतदाता रवीलाई अझ एकपटक मौका दिनुपर्ने भन्दै थिए, उनीहरु युवाले देश बनाउछन् रवी देश बनाउन अमेरीकी नागरिकता त्यागेर पुन नेपाल फर्केका हुन भन्दै थिए ।
भरतपुरका एक व्यवसायी सँग प्रत्यक्ष कुराकानीमा सोध्दा पहिले पनि दिएको रवीलाई हो अहिले पनि रवीलाई दिनेमा दृढ देखिन्थे ।
एमाले रोज्ने अधिकांश मतदाता संगठनीक देखिन्थे संगठनको बलमा पुराना मतदाता पार्टीमा फर्कन्छन् भन्दै थिए । उनिहरु चितवनको विकासमा एमालेले दिएको योगदानको कदर हुनेमा विश्वाश गररहेका थिए ।
आफ्नो उम्मेदवार युवा र जोशीलो भएको चितवन मात्र हाईन देशको विकासमा केही नगरेको प्रचार मुखी गालीबाजलाई चितवन बासीले स्विकार्दैनन् भन्नेमा थिए । विपक्षीलाई गाली त ओलीले पनि गर्छन् भन्दा उनीहरु यो राष्ट्रियता जर्गेना गर्न झक्झकाएको हो भन्दै थिए ।
सरसर्ती हेर्दा जितनारायण श्रेष्ठका सर्मथकहरु भरतपुरमा बिशेष प्रभाव पार्ने विकास काईराला, भिम बहादुर श्रेष्ठ, कृष्णलाल सापकोटा, दिनेश कोइरालाको सर्मथन, स्थानिय माटो वनपाखा बुझेका, सहज असहज परिस्थितीमा देशको सेवागर्ने प्रखर युवा हजुरबा बुबाहरुले चितवनलाई दिएको योगदान ईमान्दारीता र पुरानालाई आदार सम्मान र युवालाई परिचालन गर्ने जितनारायण श्रेष्ठ क्षमताले नेपाली काग्रेसले विजय निकाल्नेमा विश्वस्त थिए ।
जंगलको हात्ती भन्दा गाँउको साथी ठिकहुने भन्दैथिए माडी बाट आएका एक युवा, सायद उनको गाँउमा हात्तीले दःख दिएको हुनु पर्छ ।
रवि लामीछानेका सर्मथकहरु उनको क्रेज, पुरानो मतान्तर, आक्रमक चुनावी शैलीले विजय निकाल्नेमा विश्वस्त देखिन्थे । निजि जिवनमा आक्रमण गरिएको, नेपाली नागरीकका सन्तानलाई बाहीरी भनेर गरिएको हल्लाले उनिहरु आक्रोशीत देखीन्थे । राजनितिलाई मर्यादित र सहिष्णु बनाउनु पर्ने निजि स्वतन्त्रतामा हिलो छ्याप्न नहुने, भुलबस अन्जानमा भएको त्रुटीलाई खेदो खन्ने बिषय बनाएकोमा एक बृद्ध दुखः मनाउ गर्दै थिए ।
पृथ्वी नारायण शाह, बहादुर शाहको लामो नेतृत्वले संसारको शक्तीशाली राष्ट्र सँग नेपाललाई मद्दत गरेको थियो । विजय पराजय लाई सहज लिने संस्कृती विकास नभए सम्म लोकतन्त्रले प्रतिफल दिन सक्दैन । दुई तिन सय बर्ष सम्म संसारबाट लुट मच्चाएर मात्र युरोप विकसित भएको होईन शिक्षा र प्रबिधमा वैज्ञानीक चिन्तन भएकाहरुको योगदान प्रमुख रहेकोछ ।
साथमा चितवनबाट टिका/छायाँ/शंकर/ कल्पना

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर