माओवादीलाई आफैले बनाएको सरकार जोगाउन मुख्यमन्त्री अधिकारीको आग्रह
- बैशाख ९, २०८० मा प्रकाशित
कासिन न्यूज,
पोखरा ।
माओवादी केन्द्र, संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् ।
गण्डकी प्रदेशको प्रदेशसभा बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रस्ताव राखेका छन् । त्यसक्रममा उनले माओवादीलाई आफैले बनाएको सरकार जोगाउन आग्रह गरेका थिए ।
छलफलमा भाग लिँदै माओवादी संसदीय दलका नेता चुमानले आफ्नो दलले समर्थन फिर्ता लिएरै यो अवस्थामा आइपुगेकाले समर्थन गर्न नसक्ने बताएका छन् । उनले भने, ‘मुख्यमन्त्रीजीले जो प्रस्ताव राख्नु भएको छ, हामीले समर्थन दिनसक्ने भएन ।’
उनले यो विवादको उत्पत्ति प्रदेशमा नभई संघमा भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन सत्ता गठबन्धनको घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहकार्य हुनुपर्ने भएपनि त्यसो नभएको उनले बताए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments