उपचुनाव
तनहुँमा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

- बैशाख ९, २०८० मा प्रकाशित


कासिन न्यूज,
तनहुँ ।

तनहुँ १ मा आइतबार हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मतदान बिहान ७ बजे सुरु भएर बेलुका ५ बजेसम्म चल्नेछ ।

मतदान केन्द्रहरूमा अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, अशक्त अवस्थाका मतदाताका लागि सहज व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।

तनहुँ १ मा ५ पालिकाका ४२ वटा वडामा मतदान हुनेछ । मतदानका लागि ६९ मतदान स्थल र १५२ मतदान केन्द्र तोकिएका छन् । निर्वाचन गराउन १३ सय ६८ जना कर्मचारी खटिएका छन् । त्यस्तै सुरक्षाका लागि २ हजार ५ सय सुरक्षाकर्मी खटिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर