गण्डकी प्रदेशले नयाँ मुख्यमन्त्री पाउँदै : प्रदेश प्रमुखले आह्वान गर्नेबित्तिकै सरकार बनाउने तयारी
- बैशाख ९, २०८० मा प्रकाशित
कासिन न्यूज,
पोखरा ।
नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले आइतबारसम्म नयाँ सरकार बन्ने बताएका छन् ।
शनिबार मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत नपाएर पदमुक्तका छन् । प्रदेशसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पाण्डेले प्रदेश प्रमुखले छिटै सरकार गठनको आह्वान गर्ने र आइतबारसम्म नयाँ सरकार बन्ने बताएका हुन् ।
‘प्रदेश प्रमुखले संविधान अनुसार सरकार गठनको आह्वान गर्नुहुन्छ, दोस्रो कुरा भनेको गठबन्धन दलहरुबीचको सहमतिको कुरा हो’ उनले भने ।
अब संविधानको धारा १६८ ९२० अनुसार दुई वा दुई भन्दा बढी दलको सहमतिमा मिलिजुली सरकार बन्छ कि १६८ ९३० अनुसार ठूलो दलको नेताको हैसियतमा कांग्रेस संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्छन् भन्ने अन्योल छ । त्यस्तै नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेशसभा संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्री को बन्ने भन्ने कुरा आइतबारसम्म थाहा हुने बताएका छन् ।
शनिबार प्रदेशसभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । अब नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर सरकार बनाउँदैछन् ।
शनिबार प्रदेशसभाको बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै माओवादी नेता चुमानले कांग्रेस–माओवादीबीच मुख्यमन्त्रीमा आलोपालोको सहमति भएको र पहिलो पालोमा आफूहरुले पाउनुपर्ने बताए ।
‘शीर्ष नेताहरुको कुराकानीमा म आफूले बुझेको चाहिँ माओवादी केन्द्रले नै पहिलो पालो लोओस्, दोस्रो पालो नेपाली कांग्रेसले लेओस् भन्ने कुरा भएको हो’ उनले भने । केन्द्रमा पनि पहिलो पालोमा माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेको र पछिल्लो पालो मात्र कांग्रेसबाट प्रधानमन्त्री हुने उनले बताए ।
सरकार गठन प्रक्रियाका विषयमा केन्द्रबाट निर्देशन लिनै बाँकी रहेको पनि चुमानले बताए । ‘हामी दलहरुबीच सरसल्लाह गर्ने कुरा, हामीले निर्देशन लिन पनि लिनुपर्छ निर्देशन लिने कुरा बाँकी छ’, उनले भने, ‘प्रदेश प्रमुखले आह्वान गर्नेबित्तिकै सरकार बनाउनेतिर लाग्छौं ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments