वामपन्थी र परिवर्तन चाहनेलाई एमालेमा आउन अध्यक्ष ओलीको आग्रह

- बैशाख ९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

वामपन्थी र परिवर्तन चाहनेलाई एमालेमा आउन अध्यक्ष ओलीको आग्रहनेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी, कम्युनिष्ट र परिवर्तन चाहनेलाई एमालेमा आउन आग्रह गरेका छन् । ललितपुरस्थित पार्टी मुख्यालयमा नेकपाको हिरक महोत्सव (७५औँ स्थापना दिवस) समारोहमा उहाँले सबै पार्टीमा रहेका वामपन्थी, कम्युनिष्ट र परिवर्तन चाहने देशभक्तलाई एमालेमा आउन आग्रह गरेका हुन ।

उनले कम्युनिष्ट पार्टी स्थापना भएसँगै नेपालमा कम्युनिष्टमाथि पटक–पटक प्रहार भएको बताए । “नेपालमा कम्युनिष्ट पार्टी जन्मेदेखि प्रहार आएको आयै भयो । हाम्राविरुद्ध षड्यन्त्र भए । हामीले बलिदान दिनप¥यो । तर हामी कम्युनिष्ट लडेको लड्यै ग¥यौ”, उनले भने, “अनेक प्रकारका दुःखकष्ट झेल्नुप¥यो । तर पनि हामीले कम्युनिष्ट आन्दोलनलाई भने अगाडि नै बढायाँै ।”

उनले पछिल्लोपटक २०७७ सालमा पनि नेकपामाथि आक्रमण भएको बताए । तर पनि ती सबै अवस्थालाई पार गरेर एमाले अहिले ठूलो पार्टी भएको उनको भनाइ छ । अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउनेसमेत दाबी गरे । उनले कम्युनिष्ट स्थापना ७५ वर्ष प्रवेश गरेको उपलक्ष्यमा पार्टीले उत्सवको वर्षका रूपमा मनाइनेसमेत जानकारी दिए ।

उनले हामी बलियो भयौं भने मित्रराष्ट्रले पनि खोजीनीति गर्ने भएकाले एमाले बलियो हुनुको विकल्प नभएको बताए । पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्मचार्य, निरन्जनगोविन्द वैद्य र नारायण विलासले नेपालमा पहिलोपटक २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भारतको कलकत्तामा गरेका थिए ।

अध्यक्ष ओलीले देशको विकासका लागि कस्तो नीति अख्तियार गर्नुपर्दछ भन्ने कुरा एमालेले देखाएकाले एमाले यस देशको नायक पार्टी भएको उल्लेख गरे । । उनले नेपालको कम्युनिष्टलाई दुईतिहाइ पु¥याएको तर त्यो विभिन्न प्रतिक्रियावादीले ध्वस्त पारेको बताए ।

अध्यक्ष ओलीले मिसन ग्रासरुट अभियानले देशभरका नेता–कार्यकर्तामा नयाँ उत्साह थपेको बताए । “दुई महिना हामीले मिसन ग्रासरुट अभियान सञ्चालन ग¥यौँ, देशभर एउटा नयाँ उत्साह, नयाँ ऊर्जा आएको छ”, उनले भने, “अभियानमा हामीले पार्टीको यथार्थ स्थितिको आकलन गर्ने, अवस्था थाहा पाउने, नाडी छाम्ने मौका पनि पायौँ । समस्या के छ रु कस्तो प्रकृतिको छ ? त्यसको समाधान कसरी गर्नुपर्ने हो आदि कुरा हामीले चिन्ने जान्ने मौका पायौँ ।”

अध्यक्ष ओलीले पार्टीलाई अझ सुदृढ कसरी पार्ने भनेर योजना बनाएर काम थालिने भनाइ राखे । उनले एक वर्ष अन्तरघाती नगर्न र एकअर्काको कुरा नकाट्नसमेत नेता, कार्यकतालाई आग्रह गरे । उनले नेता तथा कार्यकर्तालाई यस वर्षभर सबै बुद्धि, विवेक र शक्ति प्रयोग गरेर कम्युनिष्ट आन्दोलनलाई मजबुत, सुदृढ र शुद्धीकरण गरिने बताए ।

कार्यक्रममा महासचिव शङ्कर पोखरेलले हिरक वर्षमा पार्टी गतिविधि प्राथमिकतामा राख्दै उत्सवको रूपमा मनाइनेसमेत बताए । उनले एमालेलाई षड्यन्त्र गरे पनि जनताको रोजाइको पहिलो पार्टी भएको बताए । सोही कार्यक्रममा नेकपा (एकीकृत समाजवादी_का वरिष्ठ नेता मुकुन्द न्यौपाने प्रवेश गरे । अध्यक्ष ओलीले नेता न्यौपानेसहित केही एकीकृत समाजवादी परित्याग गरेका नेतालाई प्रवेश गराएका हुन । न्यौपानेसहित एकीकत समाजवादीका नेता चुडामणि जङ्गली, मुना बानियाँ, शान्ता आचार्य, महाप्रसाद सुवेदी, नरेश्वरदयाल ज्ञवाली, हरिकुमार श्रेष्ठ प्रवेश गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर